logo
२०८१ बैशाख ४ मंगलवार



सांगीतिक ‘डिडीएलजे’मार्फत आदित्य चोपडाको ‘रिटर्न’

मनोरञ्जन |


सांगीतिक ‘डिडीएलजे’मार्फत आदित्य चोपडाको ‘रिटर्न’


काठमाडौं, कात्तिक ६ गते । चलचित्र रिलिज भएको २६ वर्षपछि ‘दिलवाले दुल्हनियाँ ले जायङ्गे’ को नयाँ सांगीतिक रुप दर्शकहरुले देख्न पाउने भएका छन् ।

‘दिलवाले दुल्हनियाँ ले जायङ्गे’ चलचित्रको नयाँ स्वपमा ‘राज’ र ‘सिमरन’को प्रेम कथालाई थप धमाकेदार रुपमा प्रस्तुत गरिने भएको छ ।

शनिबार बलिउडका चर्चित निर्देशक आदित्य चोपडाले सो घोषणा गर्दै प्रशंसकहरुलाई आश्चर्य पार्नुभएको छ ।

आदित्य चोपडा विगत तीन वर्षदेखि यो प्रोजेक्टमा काम गरिरहनुभएको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ ।

निर्देशक चोपडाले आफ्नो ब्लकबस्टर फिल्म ‘दिलवाले दुल्हनियाँ ले जायङ्गे’ लाई नयाँ ट्विस्ट दिन तयार हुनुभएको हो ।

आदित्यले म्युजिकल ‘दिलवाले दुल्हनियाँ ले जायङ्गे’ बाट निर्देशनमा डेब्यु गर्न लाग्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?