logo
२०८० चैत्र १६ शुक्रवार

  बाढीपहिरो अपडेट  



हालसम्म १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

राष्ट्रिय |


हालसम्म १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता


काठमाडौं, कात्तिक ५ गते । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १११ जनाको मृत्यु भएको छ ।
बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा एक जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले शुक्रबार दिउँसोसम्मको तथ्याङ्क अनुसार १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ११ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाढीको कारण जम्मा २ हजार २३२ वटा घर डुबानमा परेका छन् । ७८ वटा घर, १६ वटा गोठ, छ वटा पुल, एक वटा विद्यालय र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १८६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १८८ वटा घर परिवार विस्थापित भएका छन् ।
यसैगरी बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?