logo
२०८० चैत्र १६ शुक्रवार



नेपालले विगतको भन्दा फरक प्रकृतिको प्राकृतिक प्रकोपको सामना गर्नुपरेको छ : मन्त्री खाँड

राष्ट्रिय |


नेपालले विगतको भन्दा फरक प्रकृतिको प्राकृतिक प्रकोपको सामना गर्नुपरेको छ : मन्त्री खाँड


काठमाडौं, कात्तिक ५ गते । गृहमन्त्री बालकृष्ण खाँडले देशमा बढ्दाे प्राकृतिक प्रकोपको चुनौतीलाई अन्तरार्ष्ट्रिय समुदायसँगै लग्नुपर्ने र यो विषय निकै चुनौतिपूर्ण रहेको बताउनुभयो । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा गृहमन्त्री खाँडले नेपालले विगतको भन्दा फरक प्रकृतिको प्राकृतिक प्रकोपको सामना गर्नुपरेको बताउनुभयाे ।

‘सिन्धुपाल्चोकको मेलम्ची नदीमा पनि पानीको बाढी नभई लेदोको बाढी आयो । त्यहाँ बालुवा, माटो, गिट्टी सँगसँगै बगेर आएको कारण प्रकोपको स्वरुप बदलिदै गएको छ । यसखाले प्राकृतिक प्रकोपको विपदबाट हामी सबै नेपालीहरु जुटेरै नेपाली र नेपाली भूमिको रक्षा गर्नुपर्छ ।’, उहाँले बताउनुभयो ।

प्रकृतिमा सबैभन्दा पहिले नदीको संरक्षण गर्दै, पानी, वनस्पति र जीवजन्तुको रक्षा गर्नुपर्ने भनाई पनि उहाँले राख्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?