logo
२०८० चैत्र १६ शुक्रवार



‘मिस युनिभर्स नेपाल २०२१’ का १६ सेमिफाइनल प्रतियोगी सार्वजनिक

मनोरञ्जन |


‘मिस युनिभर्स नेपाल २०२१’ का १६ सेमिफाइनल प्रतियोगी सार्वजनिक


काठमाडौं, कात्तिक ५ गते । ‘मिस युनिभर्स नेपाल २०२१’ का १६ सेमिफाइनलका प्रतियोगी पहिलो पटक सार्वजनिक भएका छन् ।

शुक्रबार याक एण्ड यतिको लाल दरबार कन्भेन्सन सेन्टरमा ‘मिस युनिभर्स नेपाल’ले मिडिया हाउस र चुनिएका पाहुनाहरूको लागि ग्राण्ड फिनालेको प्रेस प्रस्तुतको आयोजना गरेको थियो ।

सुवेक्षा खड्काले उद्घोषण गरेको कार्यक्रममा पहिलो पटक ‘मिस युनिभर्स नेपाल २०२१’ का १६ सेमिफाइनल प्रतियोगी सार्वजनिक गरियो थियो ।

कार्यक्रम मिस युनिभर्स नेपालको युट्युब च्यानलबाट लाइभ गरिएको थियो । प्रत्येक सेमिफाइनले आफ्नो परिचय दिँदै एडभोकेसी भिडियोमा वकालत गर्ने समाजिक मुद्दाबारे बोलेका थिए ।

१६ सेमिफाइनल प्रतियोगीमध्ये १० जनालाई छनोट गरिनेछ । यसका लागि ५० प्रतिशत अंक प्रतियोगीको समाजिक मुद्दाको भिडियो र अरु अंक आईएमई एपमा आएको भोटिङबाट हुनेछ ।

सोही एपबाट मिस युनिभर्स नेपाल २०२१ पिपुल्स चोइसको भोटिङ गर्न सक्नेछन् भने सिमित भिआईपी टिकट पनि सोही एपबाट पाउन सक्छन् । ग्राण्ड फिनाले अक्टोबर ३० मा हुँदैछ । प्रतियोगीताको ग्राण्ड फिनाले इमेज च्यानल एचडीबाट प्रत्यक्ष प्रसारणमा हेर्न सकिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?