logo
२०८१ बैशाख १२ बुधवार



पोलियो दिवसमा दुईदिन ¥याली हुने

प्रदेश |


पोलियो दिवसमा दुईदिन ¥याली हुने
सांकेतिक तस्बिर


चितवन, कात्तिक ३ गते । पोलियो रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले यहाँ यही ६ र ७ गते ¥याली आयोजना गरिने भएको छ । रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का सात क्लब मिलेर आयोजना गर्न लागिएको सो साइकल ¥यालीको पहिलो दिन नारायणगढको उद्योग वाणिज्य सङ्घ परिसरबाट सौराहासम्म हुने जनाइएको छ ।

कार्यक्रम संयोजक विपिन पोखरेलका अनुसार पहिलो दिन साइकल ¥याली हुनेछ । यसैगरी दोस्रो दिन पूर्वी चितवनको पर्साबाट मोटर ¥याली हुने भएको छ । उक्त ¥यालीले भरतपुरको परिक्रममा गरी नारायणगढको शहीदचोकमा परेवा उडाउने छ । ¥याली गैँडाकोटसम्म पुगेर पुनः फर्किएर नारायणगढको सो सङ्घका सभाहलमा आएर कार्यक्रममा परिणत हुनेछ ।

सन् १९७९ देखि रोटरीले पोलियो उन्मूलनका लागि कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि विविध कार्यक्रम आयोजना गरी सचेतना जगाउने गरिन्छ । हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन । नेपालमा सन् २०१० देखि पोलियो रोगी नभेटिएका बताइएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?