logo
२०८० चैत्र १५ बिहीवार



बाढी पहिरोबाट १९ जिल्ला प्रभावित, छ जनाको मृत्यु, पाँच बेपत्ता

मुख्य समाचार |


बाढी पहिरोबाट १९ जिल्ला प्रभावित, छ जनाको मृत्यु, पाँच बेपत्ता


काठमाडौं, कात्तिक २ गते । निरन्तर वर्षाका कारण आएको बाढीपहिरोमा परी छ जनाको मृत्यु भएको छ । त्यस्तै बाढी र पहिरोबाट देशका १९ जिल्ला प्रभावित भएका छन् भने बाढी र पहिरोमा पाँच जना वेपत्ता पाँच सय घरधुरीमा क्षति भएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताउनुभयो ।


यसूबीच गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । मंगलबार कालिकोटको महाबै गाउँपालिकामा आएको पहिरोमा परी विष्णुलाल अधिकारीको घर पुरिएको र वर्ष अन्दाजी १८ वर्षकी छोरी स्मृति अधिकारीको मृत्यु भएको जनाइएको छ ।

यसैगरी, डडेलधुरामा बाढीसँगसँगै आएको पहिरोमा परि घाइते हुनुभएको गन्यापधुरा गाउँपालिका– १, भात्काडाका ३२ वर्षिया विष्णु अवस्थीको उपचारको क्रममा ज्यान गएको छ ।
डोटीको सायल गाउपालिका – ६, मेल्लेखमा आएको पहिरोमा लिबहादुर पुन्जडाको घर भत्किदा निजको १४ वर्षिय छोरा सागर पुन्जडा र ११ वर्षको अर्का छोरा आषिश पुन्जडा गरी दुई जनाको ज्यान गएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका – १३ नागेश्वर मार्गमा आएको पहिरोमा विशाल राईको घर पुरिदा राईका आठ वर्षिय छोरी र चार वर्षिय छोरा दुवैको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
मंगलबार आएको बाढी तथा पहिरोमा पाँच जना घाइते हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?