logo
२०८० चैत्र १६ शुक्रवार



पहिरोले घर पुरिँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु

फिचर |
खुला |


पहिरोले घर पुरिँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु


सचिन पोखरेल
इटहरी, कात्तिक २ गते । केहि दिनदेखि जारी अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिँदा दूई बालबालिकाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा  धरान उपमहानगरपालिका वडा नम्बर १३ नागेश्वर मार्ग बस्ने निसान राईको ८ वर्षीया छोरी निसु राई र ४ वर्षीया छोरा निहान राईको मृत्यु भएको हो । आज (मंगलबार) दिउँसो १:४५ बजे राईको घरमाथिबाट पहिरो खसेको थियो । राईको टिनको छाना भएको एक तल्ले घर पुरिदा घरभित्र रहेका उहाँका एक छोरा र एक छोरीको मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटि गएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो साढे ३ बजे दुईजना बच्चालाई मृत अबस्थामा फेला पारेको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको धरान प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?