logo
२०८१ बैशाख १३ बिहीवार



चीनको सिचुवानमा पहिरो जाँदा थुप्रै बेपत्ता

अन्तर्राष्ट्रिय |


चीनको सिचुवानमा पहिरो जाँदा थुप्रै बेपत्ता


छेन्दु, असोज १० गते । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरामा धेरै मानिस बेपत्ता भएका छन् । आइतबार बिहान १०ः२० बजेसम्म चार जनालाई उद्धार गरिएको छ । तियानक्वानको आपत्कालीन व्यवस्थापन मुख्यालयका अनुसार उद्धार गरिएकामध्ये दुई जना सामान्य घाइते भएका छन् भने अर्का एक जना अचेत अवस्थामा छन्। त्यसैगरी अर्का एक जना भने उद्धारका क्रममा स्थिर अवस्थामा पाइएका छन् ।

तियानक्वानको प्रशासन हेर्ने यान सिटीको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार ती चार जना स्थानीय निर्माणस्थलको अस्थायी छाप्रोभित्र थिए ।

आइतबार बिहान पहिरामा परी मानिस बेपत्ता भएको खबर पाएपछि प्रान्तले विभिन्न शहरहरुबाट १०० भन्दा बढी मानिसलाई उद्धारका निम्ति तियानक्वान पठाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?