logo
२०८१ बैशाख ४ मंगलवार



घट्यो सुनको मूल्य

अर्थ |


घट्यो सुनको मूल्य


काठमाडौं, असोज ८ गते । नेपाली बजारमा आज सुनको मूल्य रु. ६०० ले घटेकोे छ । छापावाल सुन बिहीबार रु. ८९ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु. ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन बिहीबार प्रतितोला रु. ८९ हजार १५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला रु. पाँचले बढेको छ । चाँदी बिहीबार प्रतितोला रु. एक हजार १५५ मा कारोबार भएकामा आज रु. एक हजार १६० तोकिएको हो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समय समयमा परिवर्तन भइरहन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?