logo
२०८० चैत्र १६ शुक्रवार



कीर्तिपुरस्तरीय बास्केटबल सम्पन्न

खेलकुद |


कीर्तिपुरस्तरीय  बास्केटबल सम्पन्न


गाेरखापत्र अनलाइन

कीर्तिपुर, भदौ ३ गते । कीर्तिपुर नगरव्यापी बास्केटबल प्रतियोगिताको नवौं श्रृंखलामा पुरुषतर्फ वडा नम्बरमा १० (क) र महिलातर्फ वडा नम्बर ४ समूह विजयी भएका छन् ।
शनिबार राति कभर्ड हलमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नम्बर ८ र वडा नम्बर ६ लाई हराएर विजयी भएका हुन् ।
कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्काले विजयी दुबै समूहलाई ट्रफिसहित नगद दशहजार रुपियाँ प्रदान गर्नुभएको थियो । उपविजेता समूहलाई ट्रफिसहित नगद सातहजार रुपियाँ प्रदान गरिएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?