logo
२०८१ बैशाख ७ शुक्रवार



सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एस) को संसदीय दलको नेतामा सोडारी चयन

प्रदेश |


सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एस) को  संसदीय दलको नेतामा सोडारी चयन


प्रकाशविक्रम शाह
धनगढी, भदौ २९ गते । नेकपा (एमाले) को विभाजनपछि सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको नेकपा (एस)को संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन हुनु भएको छ ।
सो पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहको अध्यक्षतामा मंगलबार बसेकोे बैठकले सोडारीलाई सर्वसम्मतरुपमा दलको नेता छानेको हो । सोडारी सो पार्टीको कैलाली अध्यक्ष समेत हुनुहुन्छ ।
दलका नेता सोडारीले उपनेता, प्रमुख सचेतक र सचेतक भने छान्न बाँकी रहेको छ । सो दलको सोमबारको बैठकले नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई समर्थन दिने निर्णय गरिसकेको छ ।
सुदूरपश्चिममा नेकपा (एस) र माओवादी केन्द्रको सरकार छ । एमाले कालमा बनेका पाँच जना मन्त्री सरकारमा छन् । नेकपा (एस) ले नै आर्थिक मामिला तथा योजना मन्त्री र राज्यमन्त्री पठाउने छ । सो मन्त्रालयका मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले एमालेमै रहने निर्णय गरेर रानीनामा गरिसक्नु भएको छ ।
१४ सदस्यीय सो दलमा सोडारी, तारा लामा तामाङ, दुर्गाकुमारी विक, बलबहादुर सोडारी, माया भट्ट, पूर्णा जोशी, लालबहादुर खड्का, प्रकाश रावल कुलवीर चौधरी, अमर साउद, चुनकुमारी चौधरी, मनाकुमारी साउद, माया तामाङ बोहरा र शुशिला बुढाथोकी प्रदेश सभा सदस्य हुनुहुन्छ ।
एमाले विभाजन पछि नेकपा (एस) सबैभन्दा ठूलो १३, सदस्यीय नेकपा माओवादी केन्द्र दोस्रो १२, सदस्यीय नेपाली काँग्रेस तेस्रो र १० सदस्यीय एमाले चौथो दल भएका छन् । भने उपेन्द्र यादव नेतृत्वको र महन्त ठाकुर पक्षका एक÷एक जना प्रदेससभा सदस्य छन् ।
५३ सदस्यीय प्रदेश सभामा हाल ५२ जना रहेका छन् । एमाले प्रवेश गरेपछि माओवादीले एक जना झपट बोहरालाई हटाएपछि प्रदेश सभा ५२ सदस्यीय बनेको हो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?