logo
२०७८ असोज २ शनिवार

दैनिक अध्यावधिक

image
1086

सङ्क्रमित

image
1351

निको भएका

image
10

मृत्यु भएका

मिति:आश्विन १, २०७८ (१५:५९)
स्राेत:https://covid19.mohp.gov.np/



एमालेले हामीलाई कारबाही गर भन्नुको अर्थ छैन : अध्यक्ष नेपाल   

राष्ट्रिय |


एमालेले हामीलाई कारबाही गर भन्नुको अर्थ छैन : अध्यक्ष नेपाल   


     
काठमाडौं, भदौ २३ गते । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले संविधान र कानूनबमोजिम नै नयाँ दल दर्ता गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन गर्न पाइने कानूनी व्यवस्था र सर्वाेच्च अदालतको विगतको फैसलाको नजिरका आधारमा आफूहरू अघि बढेको जनाउनुभयो ।    
    
बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले नेता नेपालसहितलाई गरिएको कारबाही सिफारिसको कार्यान्वयन नभएकामा विरोध गरेको सम्बन्धमा सोधिएको प्रश्नमा पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “उहाँहरूले त्यस्ता कुरा उठाउनुको कुनै अर्थ छैन ।” उक्त दल राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ बमोजिम एमालेबाट विभाजन भई यही भदौ ९ गते दर्ता भएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?