logo
२०८० चैत्र १६ शुक्रवार



प्रतियोगितात्मक तीजको तयारी

प्रदेश |
समाज |


प्रतियोगितात्मक तीजको तयारी



देवराम प्रसाद यादव
सप्तरी, भदौ १५ गते । प्रतियोगितात्मक गीत–नृत्यका साथ तीज महोत्सव मनाउन राजविराजमा मंगलबार भएको एक भेलाले तीज महोत्सव मूल समारोह समिति गठन गरेको छ ।
सामाजिक, मानव तथा महिला अधिकारका क्षेत्रमा क्रियाशील तीन दर्जन महिलाको उपस्थितिमा भएको भेलाले राजविराज जेसीजकी निवर्तमान अध्यक्ष पुनम पोखरेलको अध्यक्षतामा पाँच सदस्यीय कार्यसमिति गठन गरेको हो । कोषाध्यक्षमा सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष ललीता कर्ण र सदस्यहरूमा महिला मानव अधिकार रक्षक सञ्जालकी गीता पाण्डे, राजविराज जेसीजकी रञ्जना चौधरी र माडवारी महिला मञ्चकी रिया राय सञ्चेती रहनुभएको छ ।
समितिले प्रतियोगितात्मक मौलिक तीज गीत तथा नृत्य कार्यक्रमका विजेता समूहलाई पुरस्कार वितरण गर्ने तथा रेकर्ड गीतमा नृत्यु गर्नेमध्ये उत्कृष्ठलाई विशेष उपहार प्रदान गर्ने जनाएको छ ।
वैठकले महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीकी अध्यक्ष अनिता देवकोटाको अध्यक्षतामा २१ सदस्य रहेको व्यवस्थापन समिति समेत गठन गरेको छ । तीज महोत्सवलाई थप व्यवस्थित गर्न आगामी बैठकले पुरस्कार उपसमिति, प्रचार प्रसार उपसमिति र मञ्च व्यवस्थापन उपसमिति गठन गर्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?