logo
२०८१ बैशाख ७ शुक्रवार



अझै पन्छिएन कर्णाली करिडोरको पहिरो, यातायात ठप्प, यात्रुलाई सास्ती

प्रदेश |


अझै पन्छिएन कर्णाली करिडोरको पहिरो, यातायात ठप्प, यात्रुलाई सास्ती


प्रेमराज सिम्खडा 

कालीकोट भदौ १५ गते । कालीकोट कर्णाली करिडोर पहिरोले अवरुद्ध बनेको महिनौं बितिसक्दा पनि अवरुद्ध सडक अझै पन्छाइएको छैन । लगातारको वर्षाले कर्णाली करिडोरको विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध छ । पहिरोले सडक अवरुद्ध बनेको महिना वितिसक्दा पनि पहिरो अझै पन्छाइएको छैन ।
करिडोरको खुलालुदेखि हुम्लाको हिल्सासम्मको सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले आफ्नो निर्माण कार्य सकेर सडक विभागलाई हस्तान्त्ररण गरिसकेको छ । नेपाली सेनाले सडक हस्तान्त्ररण गरिसकेपछि रेखदेख र मर्मतको जिम्मा पाएको सडक विभागको बेवास्ताले गर्दा करिडोरको पहिरो पन्छिन सकेको छैन ।
नेपाली सेनाको निर्माण कार्यदलले सडक हस्तान्त्ररण नहुँदासम्म अवरुद्ध सडक पन्छाउने र मर्मतकाे काम पनि गरिरहेको थियो, निर्माण सकेर सडक विभागलाई बुझायो, अहिले कसैको नजर नपरेको स्थानीय आनन्द्र बमले बताउनुभयो । उ

हाँले निरन्तरको वर्षाले रेंगिल, आमतडा,फुगाडको खोला, लाफा, जारकोट लगायतका ठाउँमा पहिरै पहिरो छ ।, एक महिनादेखि सडकमा यातायात संचालन छैनन् नागरिक जोखिम मोलेर पैदल यात्रा गर्न बाध्य छन् । कहिले काहि मात्र सडककाे पहिरो पन्छाउदै यातायात चल्ने गरेका छन ।पूर्ण रूपमा पहिरो हटाउन कसैको ध्यान छैन । आफ्नो क्षेत्रमा पर्ने पहिरो पनी स्थानीय सरकारले महिनौ बितिसक्दा पन्छाउन सकेका छैनन् । कहाली लाग्दो करिडोरको सडकका कारण केही दिन पहिले जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने, १० जना घाइते भएका थिए। सडकको यही अवस्थाका कारण पटकपटक सडक दुर्घटना हुँदै आएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?