logo
२०८१ बैशाख १३ बिहीवार



पहिरोले थुनिएको सानीगाड खोल्न सेना परिचालन, विष्फोट गराउने तयारी

प्रदेश |


पहिरोले थुनिएको सानीगाड खोल्न सेना परिचालन, विष्फोट गराउने तयारी


शैलेन्द्र रोकाया
बझाङ, भदौ ४ गते । बुधबारदेखि अविरल रुपमा परेको वर्षाका कारण आएको पहिरोले सानीगाड थुनिए पछि नेपाली सेना परिचालन गरिएको छ । बझाङको बुगंल नगरपालिका ७ मा पहिरो गई शुक्रबार दिउँसो सानीगाड थुनिए पछि दुई घर पुरिएका थिए । सानीगाड खोलाको माथिबाट आएको पहिराले सानीगाड नै थुनिएपछि दुई घर पुरिएको थिए भने नदीमा ताल परेको थियो ।
शनिबार बिहान नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोलीले थुनिएको नदीको बाँधलाई भत्काउन विस्फोट गर्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी महोन अधिकारीले भन्नुभयो, कालंङ्गा हाईड्रोको सहकार्यमा नेपाली सेना परिचालन गरिएको छ । उहाँले सानीगाड र कालङ्गा नदीको आसपासका बस्तीहरु जोखिम रहेकाले सचेत रहन सबैलाई आग्रह गरेको समेत बताउनुभयो । सुक्रबार एक्कासि माथिबाट भिर भत्केर खोलामा परे पछि नदी थुनिएर ताल बनेको थियो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले पहिरोले वडा नम्बर ६ का दुई घर पुरेर पूर्ण रुपमा क्षति भएको बताउनुभयो । उहाँले पहिले घर पुरिदा मानवीय क्षति नभए पनि गोठमा रहेका पशुचौपाया मरेका समेत बताउनुभयो ।
घर पुरिदा स्थानीय बले धामीका तीन भैँसी, दुई गोरु, ७ बाख्रा, नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाइका दुई गाइ पहिरोमा पुरिएर मरेको डीएसपी खड्काले बताउनुभयो । घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको समेत उहाँले जानकारी दिनुभयो । कालङ्गा र सानीगाड आसपासका दुई दर्जन भन्दा बढी गाउँहरु जोखिममा परेका छन् । यसका साथै नदीले बुगंल क्षेत्रका गाडको आसपासका क्षेत्रमा भएका सयौ रोपनी खेती योग्य जमिन कटान गरेको छ भने हजारांै रोपनी खेती योग्य जमिन समेत जोखिममा परेका छन् ।
यता बुंगल नगरपालिकाका प्रमुख धनबहादुर बिष्टले सानीगाड तथा कालंगागाड आसपासका बस्तीमा सचेत रहन आग्रह गर्नुभएको छ । उहाँले नदीको वहाव बढ्दै गई रहेकाले नदी आसपासका बस्तीहरुलाई सचेत रहन आग्रह गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?