logo
२०८० चैत्र १६ शुक्रवार



‘अफगानिस्तानी विद्रोही समूहलाई इरानको सहयोग’

अन्तर्राष्ट्रिय |


‘अफगानिस्तानी विद्रोही समूहलाई इरानको सहयोग’
तस्विर-फाइल


अफगानिस्तान, साउन १५ गते।
अफगानिस्तानका केही राजनीतिज्ञ तथा नागरिक समाजका अगुवाहरूले अफगानिस्तानमा भएका पछिल्ला आक्रमणहरूमा इरानले सहयोग गरेको आरोप लगाएका छन् । अफगानिस्तानमा तालिवान तथा अन्य विद्रोही समूहलाई सहयोग गरेर अशान्ति फैलाउन मद्दत गरेको आरोप इरानमाथि छ ।
अफगानिस्तानको पश्चिमी भूगोलमा पछिल्ला केही साताहरूमा भएका आक्रामक हमलामा इरानको विद्रोहीलाई सहयोग रहेको र यसले अफगानिस्तानको शान्तिप्रक्रियामा प्रभाब पार्नसक्ने चेतावनी काबुलमा भएको सरकार निकट नेताहरूले दिएका छन् ।
“अफगानी भूमिमा इरानको हस्तक्षेप हाम्रा लागि असह्य रहेको र राष्ट्रिय हित विपरित कुनै पनि वैदेशिक हस्तक्षेप अफगानिस्तानले सहन बाध्य हुने छैनन् ।” हामफिकरान राष्ट्रिय गठबन्धनका प्रमुख नेता अब्दुल सम्माद फर्मालीले भन्नुभयो ।
पछिल्लो समय सीमा क्षेत्रमा तालिवान समूहको आक्रमण बढिरहेका समय काबुलमा आयोजित भेलामा नेताहरूले हेरातमा रहेको साल्मा बाँधलाई जोगाउन सरकारको ध्यानाकर्षण गराएका थिए । हेरातमा पछिल्लो समय तालिवान गतिविधि बढ्न थालेका छन् ।
इरानले अफगानी सङ्कटको लाभ लिँदै अफगानिस्तानको मुख्य पानीको स्रोतहरूमा समस्या सिर्जना गर्न नहुने भेलालाई सम्बोधन गर्दै हक्का अदलत पार्टीका अध्यक्ष मोइन सम्कानाईले बताउनुभयो ।
अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको नेटो सैनिकहरू फिर्ता हुने तयारी भइरहँदा देशभर तालिवान तथा अन्य विद्रोही समूहहरूले सरकारविरोधी आक्रमणलाई तीब्र बनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?