logo
२०८१ बैशाख १२ बुधवार



पर्यटकीय सम्भावना बोकेको मुसहर्निया दह

प्रदेश |
पर्यटन |


पर्यटकीय सम्भावना बोकेको मुसहर्निया दह
पर्याप्त पर्यटकीय सम्भावना बाकेको मुसहर्निया दह नुहाउँदै छाला रोगीहरु । तस्विर - माला कर्ण



माला कर्ण
सप्तरी, साउन १३ गते । पर्यटकीय संभाव्यता बोकेको मुसहर्निया दहको अनुहार फेरिन सुरुवात गरिएको छ । यस दहको अनौठो विशेषता पनि रहेको छ । सप्तरी जिल्लाको खडक नगरपालिका–५ मेघबारीस्थित मुसहर्निया दह धार्मिक र पर्यटक महत्वको आकर्षक बन्ने प्रशस्त सम्भावना रहेको हुँदा यसलाई सोही अनुरुप परिवर्तन गर्न सुरुवात गरिएको छ । चुरे पहाडको काँखमा अवस्थित मुसहर्निया दह ऐतिहासिक महत्व समेत बोकेका छन् ।

उक्त दहको पानी औषधिको रुपमा काम गर्दै आएको स्थानीय ६५ वर्षीया सुनिता चौधरीले बताउँदै भन्नुभयो, ‘हाम्रो जन्मभन्दा अगाडिदेखि नै यस दहको पानी औषधिको रुपमा काम गरिरहेक छ । हजुरबुवा, बुवा आमा गर्दै हामीसम्म दहको विशेषता सरेको छ ।

चुरे पहाडदेखि मेघबारीसम्म ठूलो दह र त्यसपछि नदीको रुपमा रहेको छ । मेघबारीस्थित दहको आकार प्रकार एक आकर्षक एवं मनमोहक दृष्य देखिन्छ। दहको पूर्व र पश्चिम तिरको डिलमा पार्क, पिकनिक स्थल, सेड, शौचालय, पर्यटक उठबसका लागि छाता टेबुल निर्माण, खानेपानी, तथा दहको पानीमा रबर बोट सञ्चालन गर्न सकिने पर्याप्त संभावना रहेकोले यसको तयारीमा लागेको वार्ड नं. ५ का वडा अध्यक्ष विजयकुमार साहले जानकारी दिनुभयो। साहका अनुसार पर्यटन विकास वोर्डको सहयोगमा गत वर्ष घेराबेरा तथा केही काम भएको छ। पर्यटकीय र धार्मिक स्थलको रुपमा विकास गरेर यस स्थानको आर्थिक, सामाजिक विकासमा सहयोग पुग्नुको साथै वार्डको स्थायी आयस्रोत बन्ने उहाँको विश्वास रहेको छ। बाटो अभावले दहसम्म पुग्न साह्ै कठिनाई भइरहेको अवस्थामा वडा कार्यालयले गत आर्थिक वर्ष २०७४/२०७५ मा मेघवारी देखि रंजितपुर (राजमार्र्ग) सम्म ग्राईभेल र माटो कार्य गरी १२ औ महिना सवारी साधन सहित पुग्न सकिने सुलभ बाटो बनाएको छ।

दह भित्र विभिन्न प्रजातिका पशुपंक्षी, माछा पाउनुको साथै दहको पानी बिना कसैको घरको खाना राम्ररी पाक्ने नगरेको अनौठो विशेषता रहेको छ। प्रत्येक छाक दहकै पानीबाट खाना पकाउँदै आएको मेघबारीबासीको पुस्तौ बितिसकेको छ। यदि दहको पानी बिना खाना पकार खाएपछि विरामी पर्ने निश्चित रहेको स्थानीयको भनाइ छ। दहको पानी खाना पकाउनमा प्रयोग गर्नुको साथै चरम(छाला) रोग लागेको व्यक्तिले दहमा नुहाएपछि निको हुदै आएको स्थानीयको कथन छ। जस्तोसुकै खडेरीमा दहमा पानी नसुकेको भन्दै स्थानीयले दहको जिर्णोद्वार गरी आकर्षक बनाउनु पर्नेमा जोड दिन्छ।

पूर्व पश्चिम लोकराजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ५ खरचुहिया (रञ्जीतपुर)देखि करिब साढे दुई किलो मिटर उत्तर रहेको यस दहको पूर्व डिलमा भगवती मन्दिर, मुसहर्निया मन्दिर रहेको छ भने उत्तरपश्चिममा ग्रामदेवता छन। दहको यस अदृश्य, अदभूत शक्ति र जनविश्वासले जिल्ला तथा छिमेकी सिरहाका विभिन्न गाउँबस्तीका व्यक्तिहरु लाभ लिइदै आएको बताउँछन। विभिन्न स्थानबाट प्रत्येक दिन ५/१० जना दहमा आएर नुहाउने र पूजाआजा गर्दै आएका छन।
उचित संरक्षण तथा प्रचारप्रसार अभावले दहले व्यापकता नपाएको कारण ओझेलमा पर्दै आएका छन। पर्यटकीय, धार्मिक, एवं आयस्रोतका पर्याप्त संभावना रहेको दहको संरक्षण, सम्बद्र्धन एवं प्रचारप्रसारमा ल्याउनु पर्नेमा प्रदेश २ का सभा सदस्य गोविन्दबहादुर न्यौपानेल जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?