logo
२०७८ असोज ९ शनिवार

दैनिक अध्यावधिक

image
1103

सङ्क्रमित

image
1550

निको भएका

image
9

मृत्यु भएका

मिति:आश्विन ८, २०७८ (१६:४१)
स्राेत:https://covid19.mohp.gov.np/



युवा पुस्ताले चासो नदिँदा बोटे भाषा लोप हुने खतरा

प्रदेश |
समाज |


युवा पुस्ताले चासो नदिँदा बोटे भाषा लोप हुने खतरा


अमरराज नहर्की
तनहुँ, साउन १३ गते । सीमान्तकृत बोटे समुदायको आफ्नै बोटे भाषा छ तर अधिकांशले बोल्दैनन् । बुढापाकाले बोल्दै आए पनि अन्य जातिसँग घुलमिल हुँदै जाने क्रममा युवा पुस्ताले मातृभाषाप्रति रुचि नराख्दा लोप हुने अवस्थामा छ । तनहुँको व्यास नगरपालिका–१० बोटे गाउँमा पानी बोटे (सुनधुँवा अर्थात बालुवामा सुन धुने) र पाखे बोटे (माछा मार्ने र खेतीपाती गर्ने ) को समुदायको बाक्लो बस्ती  छ ।
पानीबोटे गाउँका ६८ वर्षीय भीनबहादुर बोटे पहिला सबै जनाले बोटे भाषा बोल्ने गरेकोमा अहिले थोरैले मात्रै बोल्ने गरेको जानकारी दिनुभयो । घरपरिवारमा मातृभाषा नबोल्नु र साथीभाइसँग भेटघाट हुँदा नेपाली भाषा प्रयोग गर्दा मातृभाषा भुल्दै गएको बोटे समाजका अध्यक्ष निरज माझीले बताउनुभयो । ‘‘यसरी नै भाषा प्रयोगमा कमी आउने र बिर्सिंदै जाने हो पनि पहिचान नै नासिने चिन्ता छ’’ माझीले भन्नुभयो । अघिल्लो पुस्ताले जोगाउँदै आएकोमा यो पुस्ताले चासो नदिएको भाषा बिर्सदै गएको माझी बताउनुहुन्छ । माझीका अनुसार सन्चै हुनुहुन्छ ? भनेर सोध्नु प¥यो भने बोटे भाषामा ‘सञ्चै बाटक’ भनिन्छ । मलाई भोक लाग्यो भन्नु प¥यो भने मर्के भोक लागि भनिन्छ । मातृ भाषाको सट्टा आम सम्पर्कको भाषा अथवा अंग्रेजी भाषामा पढ्दा आफ्ना छोराछोरीलाई विभिन्न अवसर मिल्छ भन्ने लागेको भाषाको प्रयोग घट्दै गएको माझी बताउनुहुन्छ ।
पानी बोटे गाउँमा जीतबहादुर बोटे परम्परागत बालुवा सुन खोज्ने, माछा मार्ने, ढुङ्गा चलाउने, जस्ता पेशा विस्थापित हुँदै गएकाले जीवीकोपार्जनको लागि विदेश जाने तथा अन्य समुदायसँग घुलमिल हुनुपर्ने जस्ता कारणले भाषा प्रति युवायुवतीको रुची कम हुन पुगेकाले लोप हुँदै गएको बताउनुहुन्छ । बोटे बस्तीमा पुगेर भाषाको संरक्षण तथा सम्बद्धनमा ध्यान नदिने हो भने भाषा लोप हुने खतरा भएको छ ।
नयाँ पुस्ताले आफ्नो मातृभाषा बोल्न गर्न लाज मान्ने, बसाइँसराइका कारण अन्य समुदायका मानिसहरु त्यस क्षेत्र वरपर बस्ती बस्दै जान थालेकोले भाषा प्रयोग कमी आउने गरेकोले लोप हुँदै गएको व्यास नगपालिका वडा नम्बर १० का वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । पानी बोटेले अन्य जातिसँग विवाह कम गरे पनि पाखे बोटेले अन्य जातिसँग विवाह गर्ने क्रम बढ्दै गएकोले भाषा बोल्न छाडेकाले लोप हुँदै गएको वडाध्यक्ष सापकोटा बताउनुहुन्छ ।
वडाध्यक्ष सापकोटा बोटेको परम्पराग पेशाका संरक्षणको लागि मादी नदीमा २० लाख माछाका भुरा छाड्ने, पुल बनेपछि ढुङ्गा विस्थापित भएकाले ¥याफ्टिङ्गको तालिम दिने, उन्नत जातको गाईको बाच्छी दिने जस्ता कार्यक्रम चालु आर्थिक वर्षमा समावेश गरिएको छ । वडा नम्बर १० मा पाखे बोटे ६० घर पानीबोटे ४० घर गरी करिब एक सय घर बोटे समुदाय छन् । व्यास नगरपालिकाको अन्य वडा र अन्य पालिकाहरुमा छिटफुट रुपमा बोटे समुदाय छन् । बोलीचालीमा प्रयोग भए पनि यहाँ बोल्ने बोटेहरुको लिपि नभएको भाषा पुस्तान्तरण हुन नसक्दा हराउन थालेको स्थानीय बासिन्दा तथा सो ठाउँ नजिकै रहेको चण्डिदेवी राष्ट्रिय माध्यामिक विद्यालयका शिक्षक श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो । बुढापाकाले बोले पनि नयाँ पुस्ताका बालबालिका र युवायुवतीले आफ्नो भाषा बोल्न छाडेको उहाँले जानकारी दिनभयो ।
‘‘भाषा जानेका बूढापाका मेटिँदै गएका छन् बेलैमा ध्यान नदिने हो भने भाषा नै लोप भएर जाने अवस्था आउँछ’’ शिक्षक आचार्यले भन्नुभयो । शिक्षक आचार्यका अनुसार पाखे बोटे र पानी बोटेको भाषामा केही फरक छ । दुई बोटेबीचको भाषा ७५ प्रतिशत मिले पनि २५ प्रतिशत मिल्दैन दुवैथरी बोटे भाषाको संरक्षण गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । जातजातिको मिश्रित बसोबास, विद्यालयमा अङ्ग्रेजी र नेपाली भाषामा मात्र पठनपाठन हुने जस्ता कारणले बाटे भाषा लोप हुँदै गएको शिक्षक आचार्य बताउनुहुन्छ । भाषाको लोप भएसँगै त्यस भाषामा अन्तर्निहित ज्ञान, संस्कार, संस्मरण लोप हुने भएकोले बेलैमा सतर्क हुुुनुपर्ने शिक्षक आचार्य सुझाव दिनुहुन्छ । ‘‘भाषाको संरक्षण गर्नु भाषिक मानव अधिकार भएकोले त्यसमा तीनै तहको सरकारको ध्यान जान जरुरी छ’’ शिक्षक आचार्यले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?