logo
२०८० चैत्र १६ शुक्रवार



कोशीका माझीलाई माछा मार्ने जाल उपहार

प्रदेश |
समाज |


कोशीका माझीलाई माछा मार्ने जाल उपहार
 माझीहरुलाई माछा मार्ने जाल वितरण गर्नुहुदै कोशीका अध्यक्ष ऐयुव अंसारी ।



जयकृष्ण यादव 
इनरुवा, साउन ४ गते । सुनसरीको कोशी गाउँपालिका वडा नम्वर ३ गुलावी मुखिया तीन दशकदेखी माछा मारेर जिविकोपार्जन गर्दै आउनुभएको छ । वहाँले आफ्नै सामान्य खालको जालले माछा मार्दै जिविकोपार्जन गर्दै आउनुभएकोमा सोमबार पहिलो पटक सरकारी जाल पाएपछि खुसी हुनुहुन्छ । मुखियाले कोशी र कोशी आसपासको सीमासार क्षेत्रमा माछा मार्दै आउनुभएकोमा कोशी गाउँपालिकाका अध्यक्ष एयुव अंसारीले माझी, मलाहा र मुखिया समुदायको जिवन स्तर उकास्नका लागि भन्दै माछा मार्ने जाल वितरण गर्ने क्रममा आफूलाई पनि जाल दिएकोमा खुसी व्यक्त गर्नुभयो । मुखियासगैं रामदेव मुखियासहित २० माझी परिवारलाई माछा मार्ने जाल वितरण गरिएकोले मलाहाहरु खुसी भएको स्थानीय रविन मलाहाले जानकारी दिनुभयो ।

अध्यक्ष अंसारीका स्वकिय सचिव धमेन्द्र विश्वासका अनुसार कोशी क्षेत्रमा माझी, मलाहा र मुखियाहरुलाई पहिलो पटक स्तरीय जाल वितरण गरिएको हो । जाल पाएकाहरुले खुसी व्यक्त गर्दै सरकार घर आगनमै आएको महसुस भएको प्रतिकृया दिएका छन् । यहाँका माझीको खुसीका लागि मात्रै नभई उनीहरुको बालबालिकाको शिक्षाका लागि समेत सहयोग गर्ने र सबैलाई पढाउनका लागि समेत अध्यक्ष अंसारीले आग्रह गर्नुभयो । यसैबीच सरदार समुदायका ३० परिवारलाई पटेर सामग्री, गुद्री सहित सुरक्षित राख्नका लागि जस्तापाता वितरण गरेको सामाजिक विकास शाखाका राजकिसोर मेहताले जानकारी दिनुभयो ।

मेहताका अनुसार माझीहरूको परम्परागत पेशा संकटमा पर्दै गएकोले उनीहरुको तत्काललाई उत्थान गर्न जाल र जस्ता पाता वितरण गरिएको छ । माछाको प्रमुख स्रोत कोशी नदी , सिमसार र स्थानीय खोलानाला भएकाले त्यसमा पच्छिलो समय बिषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्ने प्रवृतिका कारण आफूहररूको पेशा नै संकटमा परेको माझीहरूको भनाइ छ । सुनसरीको बराहक्षेत्र नगरपालिका र कोशी गाँउपालिकाका मलाहा, मुखिया तथा माझीहरु जीविकोपार्जनको पुख्र्यौली पेशाको रुपमा माछा मार्ने पेशालाई अहिले पनि अंगाल्दै आएका छन् ।

पश्चिम कुशाहाका रामकृष्ण माझीका अनुसार अन्य पेशा र काम अगाल्न कहिल्यै पनि मन परेन । बाबुबाजेले यहि नै गरेकाले हामीले अर्को पेशा रोज्न सकिएन तर अहिले धेरै नै मुस्किल छ, उहाँले भन्नुभयो । प्राकृतिक रुपमा हुर्केका र पारिएका माछा जालबाट झिकिनसक्दै बिक्री हुन्छ, सोनिया मुखियाले भन्नुभयो । यहाँ एउटै बस्तिका २०० घरपरिवारले माछा मारेर नै पेट पाल्दै आएकाछन् ।

जाल वितरण कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष अनितादेवी यादवका अनुसार पालिकाभित्रका सीमासार क्षेत्रका खालि जग्गा उपयोगका लागि माछा पोखरी खन्ने योजना समेत ल्याएर अहिले कार्यन्वयनको प्रक्रियामा रहेको छ । माछा उत्पादनमा गाँउपालिकालाई अब्बल बनाउने योजना र कार्यक्रमका साथ अघि बढेको समेत यादवले बताउनुभयो । भारतीय माछालाई पूर्ण रुपमा प्रतिबन्ध र विस्थापित गराई छाड्ने पनि उहाँले दाबी गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?