logo
२०८० चैत्र १६ शुक्रवार



महाकाली राजमार्ग अवरुद्ध

प्रदेश |


महाकाली राजमार्ग अवरुद्ध
सांकेतिक तस्बिर


बैतडी, असार ११ गते । पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्ड अन्तर्गत सुर्नया गाउँपालिका– ३ धरमघर भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिराेका कारण बिहान ९ः०० बजेदेखि राजमार्ग अवरुद्ध बनेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । केही दिनअघि परेको लगातारको वर्षाका कारण खसेको पहिरो आज बिहान पनि खसेको हो ।

राजमार्ग अवरुद्ध हुँदा २० भन्दा बढी सवारी साधन रोकिएका प्रहरीले जनाएको छ । सवारी साधन रोकिँदा यात्रु बीच बाटामै अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग सडक खुलाउने प्रयास भइरहेको केही घण्टाभित्रै सडक पुनः सञ्चालन हुने प्रहरीले जनाएको छ । उक्त ठाउँमा यसअघि पनि पहिरो खसेको थियो । यसअघि लगातारको वर्षाले गर्दा उक्त स्थानमा पहिरो खस्दा यही असार ५ गतेदेखि चारपटक राजमार्ग अवरुद्ध भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?