logo
२०८१ बैशाख ७ शुक्रवार

दश वर्षपछि सल्यान फर्किए राउटे (फाेटाे फिचर)

प्रदेश |
समाज |
फोटो फिचर |


2021-06-24-40417


प्रतीक इच्छुक शर्मा
सल्यान, असार १० गते । जङ्गलमा घुमन्ते जीवन बिताउ+ने राउटे समुदाय दशवर्ष पछि सल्यान आएका छन् । विगतमा सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे दश वर्षअघि यहाँबाट अन्य जिल्ला गएका थिए ।
सुर्खेतको गुर्भाकोट नगरपालिका ११ भेरी नदी किनारमा बस्दै आएका राउटे समुदाय मंगलबार कालीमाटी गाउँपालिका ५ काल्चेडाँडामा बस्तीमा आएका छन् । लोपोन्मुख अवस्थामा रहेको राउटे समुदाय करिब अहिले १ सय ५० जना मात्र छन् । कृषि उद्यम नगर्ने घुमन्ते राउटेहरू अन्य गाउँबस्तीका मानिसहरूसँग वस्तु विनिमय गरेर आफ्नो लागि अन्नको जोहो गर्ने गर्दछन् । जंगलमा बसोबस गर्ने राउटेहरू पछिल्लो समय भने गाउँबस्ती नजिक बस्न थालेका छन् ।
कालिमाटी गाउँपालिका ५ काल्चेमा बसेका राउटेहरुलाई खाद्यान्न र खानेपानीको ब्यवस्था गाउँपालिलकाले गरेको छ । पछिल्लो समय राउटे युवतीमाथि दुर्व्यवहार भएपछि राउटे बसोबास रहेका आसपासमा मदिरा विक्री वितरणमा रोक लगाएईको कालिमाटी गाउँपालिका प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार राउटे बस्तीको सुरक्षाका लागि प्रहरीको ब्यवस्था गरिएको छ ।
राउटे बस्तीमा खानेपानीको समस्या भएकाले पानी आपूर्तिका लागि गाउँपालिकाले आवश्यक पाइपको ब्यवस्था गरेको छ । गाउँपालिका अध्यक्ष दानबहादुर केसीले राउटे समुदायलाई आवश्यक पर्ने रकम उपलब्ध गराइएको बताउनुभयो ।सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाँइले राउटे बस्तीमा आवश्यक सुरक्षा मिलाइएको बताउनुभयो ।