logo
२०८१ बैशाख १३ बिहीवार



बाँकेमा कोभिडका लागि छुट्याईएका ७७ प्रतिशत शय्या खाली

प्रदेश |


बाँकेमा कोभिडका लागि छुट्याईएका ७७ प्रतिशत शय्या खाली


सिराज खान
नेपालगञ्ज, असार २ गते । संक्रमित भेटिने क्रम घट्दै गएपछि कोभिड संक्रमितको उपचारका लागि बाँकेका अस्पतालमा छुट्टयाईएका ७७ प्रतिशत भन्दा बढी शय्या हाल आएर खाली भएका छन् ।
जिल्ला कोभिड व्यस्थापन समिति बाँकेका अनुसार कोभिड उपचारका लागि विभिन्न अस्पतालमा छुट्याइएका ३६१ शय्यामध्ये २६४ शय्या हाल आएर खाली भएका छन् । एक महिनाअघिसम्म कोभिड संक्रमितले बाँकेका अस्पतालहरू भरिभराउ थिए । कतिको बराण्डामा राखेर उपचार गरिएकोे थियो भने केही बिरामीले त अक्सिजन र बेड नपाएरै ज्यान गुमाउनुपरेको थियो ।
बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार हालससम्म बाँके जिल्लाका नेपालगञ्ज र कोहलपुरस्थित अस्पतालमा ८२ जना मात्र कोभिडका बिरामी भर्ना रहेका छन् । २५ वैशाखपछि संक्रमित बिरामीको संख्या क्रमशः घट्न थालेको हो । दुइ सय बेड छुट्याएको भेरी अस्पतालमा हाल ६५ जना बिरामी मात्र भर्ना रहेका छन् । तिमध्ये १८ जना सिकिस्त छन् ।
यस्तै १३० बेड छुट्याएको मेडिकल कलेजमा हाल १६ जना बिरामीको मात्र उपचार भइरहेको छ । तीमध्ये १४ जना सिकिस्त छन । त्यस्तै, शल्यक्रिया गर्नुपर्ने अवस्थाका संक्रमितका लागि १६ बेड छुट्याएको वेष्टर्न हस्पिटलमा एक जना मात्र बिरामी भर्ना रहेका छन् ।
यस्तै युनाइटेड अस्पतामा विरामी नभएर त्यहाँ छुट्याएका सबै १५ बेड खाली रहेका छन् । स्थानीय तहले खोलेका १६ आइसोलेसन केन्द्रमध्ये चार वटामा १६ सामान्य अवस्थाका संक्रमित रहेका छन् ।
१२ आइसोलेसन केन्द्र खाली रहेको जिल्ला कोभिड व्यवस्थापन समितिका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । उहाँले कोरोेना भाइरस संक्रमणबाट हालसम्म बाँकेमा ३०९ जना र उपचारका लागि जिल्ला बाहिरबाट आएका ३४० जना संक्रमितको मृत्यु भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?