logo
२०८१ बैशाख १२ बुधवार



आईरन चक्की अभाव, गर्भवती महिला प्रभावित

प्रदेश |
समाज |


आईरन चक्की अभाव, गर्भवती महिला प्रभावित



जयकुष्ण यादव
इनरुवा, जेठ ३१ गते । सुनसरीको गढी गाउँपालिका ६ सतैरझोराकी २१ वर्षीया कालिका उराँवलाई गर्भ रहेको थाहा नै भएन । उहाँ गर्भवती भएको डेढ महिनापछि मात्रै थाहा पाएर वैशाख महिनाको पहिलो साता चेक गर्न गाउँमै रहेको प्राथमिक स्वास्थ्य केन्द्र सतैरझोरा पुग्नुभयो ।
जेठ ३० गते आइतबार पुनः प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्दा उहाँलाई आईरन चक्की आवश्यक रहे पनि एक महिनादेखि आईरन चक्की अभाव रहेपछि रित्तो हात फर्कनुभयो ।
त्यसैगरी, सुनसरीको गढी गाउँपालिका ५ सतैरझोराकी कमलदेखी उराँव पनि भर्गवती भएको ६ महिना पुगेको छ । उहाँ पनि गाउँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आईरन चक्की लिन पुग्नुभयो । उहाँ पनि चक्की अभाव भएको र बन्दाबन्दीको बेला भएकाले किनेर चक्की खान बाध्य हुनुभयो ।
नेपाल सरकारले प्रत्येक स्वास्थ्य संस्थामा निःशुल्क रुपमा वितरण गर्ने भनिएको गर्भवती महिलाले खाने आईरन चक्की अभाव भएकाले उराँवद्वय जस्तै गढीका दर्जनौं र अन्य स्थानका सयांै महिला मारमा परेका छन् ।
आईरन चक्की स्वास्थ्य कार्यालयबाट स्वास्थ्य शाखा हँुदै आउनुपर्नेमा बन्दाबन्दीले एक महिनादेखि नआएकाले अभाव भएको प्राथमिक स्वास्थ्य केन्द्रका निमित इन्चार्ज मनोजकुमार रायले प्रतिकृया दिनुभयो
यसैबीच, संघीय सरकारको समाज कल्याण परिषदले कोराना भाईरस कोभिड १९ को बेलामा देशभर अवलोकन, अध्ययन, विश्लेषण तथा रिर्पोटिङ गर्ने क्रममा औषधी अभाव रहेको पाइएको छ । सुनसरीको दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिकासहित १२ वटै गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामा निःशुल्क भनिएको औषधी पर्याप्त नभएको अनुगमनको क्रममा देखिएको छ ।
सरकारको लक्ष्य अनुसारको प्रत्येक पालिकामा स्वास्थ्य शाखा र जिल्लामा स्वास्थ्य कार्यालयसहित प्रत्येक वडामा स्वास्थ्य संस्था संचालन भए पनि नागरिकले कोरोना कहरको समयमा नियमित सेवा नदिएको, सरकारी अनुगमन तथा स्थलगत अवलोकन नगरेकाले स्वास्थ्यकर्मी नबसेको, बसेकाहरुले पनि सेवाग्राहीहरुलाई सेवा प्रवाह प्रभावकारी नगरेको, कोरोनाको नाममा भएको औषधी समेत नदिएको र नभएको औषधीका बारेमा छैन भन्दै फर्काउने काम मात्रै गरेको स्थानीयहरुले जिल्ला स्तरीय कोभिड–१९ द्रुत प्रतिकार्य समूहलाई गुनासो सुनाएका छन् ।
सरकारले कारोना संक्रमित तथा संक्रमित परिवार वा पीडितको अधिकार रक्षाको वकालत गर्दै कोरोनाबाट बच्ने उपायका बारेमा सचेतनामूलक अभियान समेत गर्दै आएको समूहले नागरिकलाई प्रत्यक्ष रुपमा भेटघाट र स्वास्थ्य संस्थामा गरिएको अनुगमनका क्रममा औषधी अभाव र स्वास्थ्यकर्मीेको कामकार्वाही ढिलासुस्ती गर्ने पाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?