logo
२०७८ असार ७ सोमवार

दैनिक अध्यावधिक

image
1421

सङ्क्रमित

image
3456

निको भएका

image
51

मृत्यु भएका

मिति:असार ६, २०७८ (१७:३२)
स्राेत:https://covid19.mohp.gov.np/



दश लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

प्रदेश |


दश लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण
ताईवान एलजेएम बुद्धिष्ट सोसाईटीले वालिङ नगरपालिकालाई सहयोग गर्दै । अर्जुन काफ्ले



अर्जुन काफ्ले
स्याङ्जा, जेठ २७ गते । कोभिड १९ को सङ्क्रमण दर उच्च भएका बेला रोकथाम तथा नियन्त्रणकालागि वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
ताईवान एलजेएम बुद्धिष्ट सोसाइटीले नगरपालिकालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटरसहित दश लाखभन्दा बढीको सहयोग प्राप्त भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
यहाँ पिपिई सेट, एण्टिजिन किट, फेस शिल्ड, अक्सिजन सेट, सर्जिकल मास्क, पञ्जालगायतका स्वास्थ्यसामग्री नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
महामारीको रुपमा फैलिएको कोभिड रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकासँगै विभिन्न सङ्घसंस्था तथा ब्यक्तिहरुले आँफखुशी सहयोग जुटाउनुभएको बताउँदै नगर प्रमुख खाँणले महामारी नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक पर्ने स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइदिएर यहाँका नागरिकलाई उपचारमा सहजता भएको बताउनुभयो ।
दाताहरुले जुन प्रयोजनका लागि सहयोग गर्नुभएको छ सोही कार्यका लागि रकम खर्च गर्दै आएको बताउँदै नगर प्रमुख खाँणले महामारीका समयमा विभिन्न सङ्घसंस्था तथा ब्यक्तिगतरुपमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने, नगद सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरु प्रति आभार ब्यक्त गर्नुभयो ।
नगरपालिकाले गहै प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा बिरामीहरुलाई निशुल्क उपचार तथा निशुल्क खाना तथा खाजाको ब्यवस्था मिलाएको छ ।
त्यस्त, नगरपालिकाले दुई वटा स्वास्थ्यकर्मीको टोलीलाई औषधिसहित परीक्षणका लागि गाउँ गाउँमा खटाएको छ भने आवश्यकता हेरी गाउँमै पुगेर पनि एण्टिजिन परीक्षण गर्ने गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?