logo
२०८० चैत्र १६ शुक्रवार



चिनियाँ यानद्वारा मङ्गल ग्रहमा खिचिएका तस्बीर सार्वजनिक

अन्तर्राष्ट्रिय |
बिज्ञान |


चिनियाँ यानद्वारा मङ्गल ग्रहमा खिचिएका तस्बीर सार्वजनिक
तस्विर-फाइल


बेइजिङ, जेठ ५ गते।
चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ । उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ ।
चिनियाँ यान आइतवार बिहानै मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको थियो । चिनियाँ यान अवतरणपछि चीन मङ्गल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको छ ।

मङ्गल ग्रहको उत्तरी गोलार्धमा उत्रिएको छ पाङ्ग्रे सो यानले कम्तीमा उक्त ग्रहमा ९० दिन बिताउने विश्वास चिनियाँ वैज्ञानिकहरूले गरेका छन् ।

सौर्य ऊर्जाबाट चल्ने जुरोङको २४० किलो तौल रहेको छ । यानको अग्लो भागमा राखिएको क्यामेराले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ ।
पाँच उपकरण जोडिएको उक्त यानले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?