logo
२०८१ बैशाख १२ बुधवार



अधिक रक्तश्रावले गर्भवतीको मृत्यु

प्रदेश |


अधिक रक्तश्रावले गर्भवतीको मृत्यु


प्रेमराज सिम्खडा
कालीकोट, जेठ ४ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा एक जना सुत्केरीको मृत्यु भएको छ । नगरको वडा नं ६ की २४ वर्षीया निशा फर्सालको सुत्केरीपछि अत्यधिक रक्तश्राव भएका कारणले आज बिहान मृत्यु भएको हो । मानबहादुर फर्सालकी श्रीमती निशालाई सुत्केरी बेथा लागेपछि नगरपालिकाको अगाडि रहेको इलाका स्वास्थ्य चौकी स्युनामा लगिएको थियो । बच्चा सकुसल जन्मा एपनि उहाँको भने ज्यान रहेन ।
एक स्थानीयले दिएको जानकारी अनुसार स्वास्थ्यक्रर्मीको लापरवाहीका कारणले सुत्केरीको ज्यान गएको हो । म दावाका साथ भन्छु । एक जना अनमीले कसरी समस्यामा परेको वेला उपचार गर्न सक्छन् । राती नै स्वास्थ्य संस्था पुगाईएको थियो । तर अनमी वाहेक अरु कोही पनि त्यहाँ थिएनन् । उहाँले भन्नुभयो । उहाँले आफूले भन्दा कसैको विरोध गरे जस्तो हुने भएकाले नाम नखुलाइदिन समेत आग्रह गर्नुभयो ।
वडा नं ६ मै नागरिकले सहयोग गरेर वनेको रास्कोट सामुदायिक अस्पताल छ । त्यहाँ बिरामीलाई किन लिएन । के कारणले लिएन । यसमा पनि शङ्का रहेको उहाँको भनाइ छ । तर उहाँको आरोप सत्य नभएको नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख मिमसरा बम शाहीले स्युना स्वास्थ्य चौकीमा सबै स्वास्थ्यक्रर्मी थिए । यहाँ नसकिने भनेर मान्म लिन भनेका थिए । फेरि रास्कोट सामुदायिक अस्पताल पनि लिएर गएछन् ।
अस्पतालले भिडियो एक्सरे गरेर यहाँ सम्भव नभएको भन्दै मान्म लैजान भनेको थियो । तर आफैले शान्नीगाढ वस्ने ठाउँमा सुत्केरीलाई राखियो । जव निकै समस्या भयो अनि फेरि स्युना स्वास्थ्य चौकी पुगाएका थिए । स्वास्थ्यक्रर्मीको अधिक प्रयासले वच्चाको सकुसल जन्म गराए पनि आमालाई वचाउन नसकिएको उहाँको भनाइ छ । स्वास्थ्य चौकी स्युनाका इन्चार्ज धुर्व फर्सालले हामीले धेरै प्रयास गर्दा समेत वचाउन नसकिएको वताउनुभयो । मान्ममा लिन भन्यौ तर लिइएन । त्यसैले सुत्केरीको मृत्यु भएको हो ।

परिवारकै जिद्दीले जान्छ ज्यान

धेरैजसो यस्ता घटना परिवारकै जिद्दीले हुने गरेका छन् । केही पनि हुँदैन । भइहाल्छ भन्दै सुत्केरी ब्यथा लागेका महिलालाई घरमै राख्ने, देवी देउताको भरमा पर्ने र पहिलो बच्चा जन्माएकाले यो दोस्रो जन्मिन्छ भन्दै बेवास्ता गर्दा सुत्केरीले ज्यान गुमाउने गरेका छन् । निशालाई पनि त्यस्तै भएर ज्यान गुमाउनुपरेको हो ।
स्वास्थ्यक्रर्मीले मान्म लिन सोमवार नै रेफर गरेका थिए । नगर उपप्रमुख मिमसरा शाहीका अनुसार एक हप्ता अगाडिवाट ब्लोडिङ भएको जानकारीपछि स्वास्थ्यक्रर्मीले जिल्ला अस्पताल लैजान सुझाव दिएका थिए । तर बिचै वाटोमा राखिएको थियो । श्रीमान मानवहादुर फर्सालका अनुसार निशाले केही हुँदैन यतै बसौं वच्चा जन्मिन्छ भनिन् । मैले पनि बिश्वास गरें । राती निकै समस्या भएकाले स्युना स्वास्थ्य चौकीमा लगियो । बच्चा त सकुसल जन्मियो । तर के गर्नु अत्यधिक रक्तश्राव भएकाले श्रीमतीको निधन भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?