logo
२०८० चैत्र १६ शुक्रवार



बाँकेका अस्पतालमा थप नौ जना संक्रमितको मृत्यु

प्रदेश |


बाँकेका अस्पतालमा थप नौ जना संक्रमितको मृत्यु


सिराज खान
नेपालगञ्ज, जेठ ४ गते । कोभिड संक्रमित विरामीहरुको उपचार गरिरहेका बाँकेका दुई ठूला अस्पतालमा गए रातीदेखि मंगलबार विहान साढे ८ बजेसम्म थप नौँ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगञ्जस्थित भेरी अस्पताल र मेडिकल कलेजमा गरि थप ९ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको हो ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बाँकेका ४ जना, सुर्खेत, कपिलवस्तु, दांग, बर्दिया र रुकुमका एक एक जना गरेर ९ जनाको मृत्यु भएको बताउनुभयो ।
मृत्यु हुनेहरुमा गुर्भाकोट नगरपालिका–१३ सुर्खेतका २५ वर्षिय पुरुष, शिबराज नगरपालिका–५ कपिलवस्तुका ३८ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० बाँकेकी ६२ वर्षिया महिला, तुलसिपुर उपमहानगरपालिका–१३ दाङ्गक ५० वर्षिय पुरुष, मधुवन नगरपालिका–७ बर्दियाकी ६५ वर्षिय पुरुष र खजुरा गाउँपालिका–२ बाँकेकी ८५ वर्षिय पुरुष रहेको उहाँले बताउनुभयो ।
यसैगरि नेपालगञ्ज २ का ५१ वर्षिय पुरुष, नेपालगञ्ज १९ का ५७ वर्षिय पुरुष पुथा उत्तरगंगा १० रुकुमका ६० वर्षिय पुरुषको पनि उपचारकै क्रममा बाँकेमा मृत्यु भएको फोकल पर्सन ओलीले जनाउनुभयो ।
कोरोना भाईरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २४४ र बाँके जिल्लामा उपचार गर्न आई अन्य जिल्लाका कोरोना संक्रमितको निधन हुने संख्या १९९ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?