logo
२०८१ बैशाख १३ बिहीवार



झापामा तीन जना कोरोना संक्रमितको मृत्यु

प्रदेश |


झापामा तीन जना कोरोना संक्रमितको मृत्यु
सांकेतिक तस्बिर


लिलाराज खड्का
बिर्तामोड, जेठ ४ गते । झापामा थप तीन जना कोरोना संक्रमितको आज विहानै (मंगलबाार) मृत्यु भएको छ । बिर्तासिटी अस्पताल बिर्तामोडमा आज बिहान दुईजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा दमक नगरपालिका वडा नं ८ की तामाङ थरकी ६२ वर्षिया महिला र बिर्तामोड ४ की कुसवाह थरकी ४० वर्षिया महिला रहनुभएको छ । उनीहरु दुबैको उपचारका क्रममा बिहान साढे ७ बजेतिर मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताउनभयो । अहिले बिर्तासिटी हस्पिटलमा इमर्जेन्सी र बेड गरी ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको समेत बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै मेचीनगर नगरपालिकाका कर्मचारी ३२ बर्षिय एक जना मेचीनगर ७ इटाभट्टाका निरौला थरका ३२ वर्षिय पुरुषको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आज विहान मृत्यु भएको छ । मेचीनगरमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको संख्या नाैँ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?