logo
२०८० चैत्र १६ शुक्रवार



ओखलढुंगाका अस्पतालमा अक्सिजन आपूर्ती सहज

प्रदेश |


ओखलढुंगाका अस्पतालमा अक्सिजन आपूर्ती सहज


मनोज भट्टराई
ओखलढुंगा, जेठ २ गते । कोरोना संक्रमितको संख्या बढ्दै गए पनि हालसम्म ओखलढुंगामा अक्सिजनको कमी भएको छैन । जिल्लमा रहेको ओखलढुंगा समुदायिक अस्पतालमा रहेको अक्सिजन प्लान्टका कारण हालसम्म जिल्लामा अक्सिजन पर्याप्त मात्रामा रहेको हो ।
दातृ निकायको सहयोगमा सञ्चालित ओखलढुंगा सामुदायिक अस्पताल (मिसन)ले अक्सिजन उत्पादन गर्न थालेको तीन वर्ष पुगेको छ । अस्पतालले २०७४ चैतदेखि निरन्तर अक्सिजन उत्पादन गर्दै आएका कारण पनि हाल ओखलढुंगा लगायत आसपासका अस्पतालमा अक्सिजनको कमी हुन नदिएको अस्पताल प्रमुख युवराज आचार्यको भनाई छ । जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक बढी रहेको अवस्थामा अस्पतालले जिल्ला भित्रका अस्पताल र आसपासका जिल्लामा अक्सिजन उपलब्ध गराउँदै आएको प्रमुख आचार्यले जानकारी दिनु भयो । हाल दैनिक ३६ मिटरका ८ सिलिण्डर अक्सिजन उत्पादन भई रहेको भए पनि आफूहरुको पहिलो प्राथामिकता आफ्नो अस्पताल र जिल्ला भित्र रहेका अस्पताल रहेको उहाँको भनाई छ । अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन आल ओखलढुंगा जिल्ला अस्पताल, सोलुखुम्वु र खोटाङमा आफुले अक्सिजन उपलब्ध गराउँदै आएको आचार्यको भनाई छ ।
हाल ओखलढुंगा सामुदायिक अस्पतालमा आपतकालिन सेवा, शल्यकृया र वार्डहरुमा ल्पान्टबाट सिधै विरामीलाई अक्सिजन उपलब्ध गाईएको छ । कोभिडको बढ्दो जोखिम रहि रहेको अवस्थामा जिल्लामा अहिले सामुदायिक अस्पतालको प्लान्टबाट उत्पादित अक्सिजन पर्याप्त रहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीले बताउनुभयो । नेपाल सरकार र नोरमिसन नामक विदेशी संस्थाको लगानीमा अस्पतालले तीन वर्ष अघिदेखि अक्सिजन उत्पादन सुरु गरेको थियो । हाल उत्पादित अक्सिजन अस्पतालमै र आसपासका अस्पतालमा उपलब्ध गराईने गरेको अस्पताल स्रोतले जनाएको छ ।
पछिल्लो समय अन्य अस्पतालले माग गरिरहेका र आफुहरुले अक्सिजन आपूर्ति गरि रहेको छ । यो अस्पतालमा छिमेकी जिल्ला रामेछाप, सिन्धुली, उदयपुर र सोलुखुम्बु र खोटाङसम्मका विरामी उपचारका लागि आउने गरेका छन् । कुल १ करोड ४ लाख रुपैयाँ लागतमा अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रले हाल २४ घण्टामा ८ जम्बो सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?