logo
२०८१ बैशाख ६ बिहीवार



कोभिडको दोस्रो खोप लगाउनुपर्छ तर ढिलो भए पनि फरक पर्दैन

बिज्ञान |


कोभिडको दोस्रो खोप लगाउनुपर्छ तर ढिलो भए पनि फरक पर्दैन


विष्णु पाण्डे
काठमाडौं, वैशाख २८ गते । विश्वव्यापी रुपमा कोभिड १९ को खोपलाई महामारी नियन्त्रणमा लिने पहिलो प्रयासका रुपमा लिइएको छ । केहि देशहरू जस्तै इजरायल, युएई, र बहराइनले आफ्ना केही जनतालाई द्रुत गतिमा कोरोनाको खोप दिएका छन् । अरु अमेरिका र क्यानडाले पनि दिन सकिरहेका छैनन् ।
खोप दिन ढिलाइसँगै खोपका अभाव सिर्जना हुन थालेको छ यसले गर्दा पहिलो खोप लगाएका मानिस पनि दोस्रो खोप लगाउनका सिफारिस गरिएको तीनदेखि चार हप्ताभन्दा बढी समय कुर्नुपर्ने अवस्था आएको छ ।
“पहिलो खोप लगाएकालाई दोस्रो डोज लगाउन भएको यो ढिलाइले कुनै पनि भयावह अवस्था भने नआउने र यसले कुनै समस्या नहुने न्यूयोर्क युनिभर्सिटिका माइक्रोबायोलोजिस्ट तथा इम्युनोलोजिस्ट डेभिड टोपहमले बताउनुभएको छ ।
फाइजरले गरेको क्लिनिकल ट्रायलमा सहभागीले २१ दिनपछि दाेस्रो डोज लगाए भने मोडेरेनाको खोपको परीक्षणमा सहभागीहरुले २८ दिनपछि खोप लगाएका थिए र सोही आधारमा अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)ले तुरुन्तै ती खोप लगाउन अख्तियारी प्रदान गरेको थियो । यो तोकिएको समयको अन्तराल परीक्षणका क्रममा प्राप्त तथ्याङ्कमा आधारित थिए ।
एफडिएले पनि स्वीकार गरेको छ कि केही लामो समयपछि दोस्रो डोज लगाउँदा खासै कुनै असर पर्दैन साथै अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले तोकिएको भन्दा चार दिन अगावै वा खोप लगाएको ४२ दिनपछि सम्म पनि लगाउन सकिने बताएको छ ।” कति समयको फरकमा खोप दिँदा प्रभावकारी हुन्छ भन्ने कुरा कुनै पनि संस्थाले एकिन गर्न सकेका छैनन् ।
किन खोपको दुईवटै डोज लिनु आवश्यक छ ?
अहिले बजारमा उपलब्ध प्रायः सबै कोभिड १९ का खोपहरूको दोस्रो मात्रा पनि दिइन्छ किनभने पहिलो मात्राले रोगसँग लड्ने क्षमताका लागि शक्ति विकास गरीरहेको हुन्छ । तिनीहरूलाई तयार हुन केही हप्ता लाग्दछ ,र केही हप्तापछि एन्टिबडी तयार भएर काम गर्न लागिसकेको हुन्छ । त्यसैले कोरोनाविरुद्धको पहिलो खोपलाई प्राइमिङ डोज भनिन्छ ।
दोस्रो चरणको खोपमा खोपको मात्रा बढाइन्छ । किनभने त्यतिखेर प्रतिरोधात्मक कोषहरु पहिल्यै परिचित भैसकेका हुन्छन् र जोखिमसँग लड्नका लागि अभ्यस्त भइसकेका हुन्छन् यो डोजले कोभिडका भाइरसबाट जोगाउन एन्टिबडीलाई थप तिखार्न सहयोग गर्छ ।
जुन कोषले एन्टिबडी तयार पार्छ त्यसलाई ‘बी सेल्स’ भनिन्छ । त्यसले पहिलो र दोस्रो खोपको बीचको अवधिमा निकै धेरै बोझ बेहोर्नुपरेका कारण तिनीहरुले उत्पादन गरेका एन्टिबढीहरू त्यतिको बलिया भएको हुँदैनन् । यदि बी सेल्ससँग पहिलो मात्रा र दोस्रो मात्राको बीचमा धेरैै समय भएन भने उनीहरुले तयार गर्ने रोगसँग लड्ने क्षमता कवच बलियो बन्न सक्दैन ।
त्यसैले ६ हप्तासम्म्म पनि दोस्रो मात्रा दिन सकिन्छ । यद्यपि पहिलो खोपले केही सुरक्षा भने प्रदान गर्दछ ।
(प्रस्तुत आलेख विश्वव्यापीरुपमा खोपको उपलब्धताका लागि लबी गरिरहेको गाभी नेटवर्कले तयार गरेको लेखको अनुवादित अंश हो )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?