logo
२०८० चैत्र १६ शुक्रवार



अग्ला पाटनमा उल्किदै चौरी गाई

प्रदेश |


अग्ला पाटनमा उल्किदै चौरी गाई


राजन रावत
हुम्ला, वैशाख २७ गते । हिउँदभरि होचा लेकतिर चर्दै आएका चौरी गाईहरु अग्ला पाटनतर्फ लग्न थालिएको छ । वैशाख महिनाको अन्तिम लागेसँगै घर्मी बढ्दा पशुपालक किसानहरुले अग्ला पाटनतर्फ चौरी गाईलाई लग्न थाल्नु भएको हो ।
गत मंसीर/पुस महिनाबाट होचा लेकमा बस्दै आएका चौरी गाई अग्ला पाटनतर्फ लग्न सुरु भएको चौरी पालक किसान दान बहादुर रावतले बताउनुभयो । गर्मी बढेपछि चौरी पाल्न कठिन हुने भएको कारण चालीस वटा चौरी गाईलाई अग्ला लेकमा लिएको उहाँले बताउनुभयो ।
यता साठी वटा चौरी गाईलाई उच्च लेकमा लगिएको सिमकोट–१ को दोजाम गाउँका पशुपालक पद्मा लामाले बताउनुभयो । चौरी गाई अग्ला पाटनमा लगिएसंग हेरालुहरु पनि लेकतर्फ लागेको उहाँले बताउनुभयो । हाल चौरी गाईलाई चार हजार तीन सय मिटर अग्ला पाटनमा लगिएको छ । उत्तरी हुम्लाका एक हजार चौरी गाई उच्च पाटनमा लगिएको छ । अब आगामी कातिक महिनासम्म उच्च पाटनमा चौरी गाई पालिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?