logo
२०७८ बैशाख २८ मंगलवार



बुटवलमा २४ घण्टाभित्र थप चार सङ्क्रमितको मृत्यु

प्रदेश |


बुटवलमा २४ घण्टाभित्र थप चार सङ्क्रमितको मृत्यु


दीपक ज्ञवाली
बुटवल, वैशाख २२ गते । बुटवलस्थित लुम्बिनीप्रादेशिक अस्पतालमा थप चार सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष भएको अस्पतालले जनाएको छ । ती सबैको अस्पतालमा उपचार भइरहेको थियो ।
अस्पतालका प्रवक्ता डा. विष्णु गौतमकाअनुसार वैशाख १९ गते कोरोना पुष्टि भई उपचारका लागि ल्याइएकी कञ्चन गाउँपालिका–४ की २७ वर्षीया महिला,१ ८ गते भर्ना भएकी बुटवल–९ की ५४ वर्षीया महिला, २१ गते भर्ना भएकी तिलोत्तमा–४ की ४० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको थियो । त्यस्तै १५ गते भर्ना भएका बुटवल–१२ का ४७ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको थियो ।
उहाँहरुमा सङ्क्रमणसँगै श्वासप्रश्वासमा समस्या थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?