logo
२०८० चैत्र १६ शुक्रवार



कैलालीमा थप चार जना कोरोना सङ्क्रमितको मृत्यु

प्रदेश |


कैलालीमा थप चार जना कोरोना सङ्क्रमितको मृत्यु


अविनाश चौधरी
धनगढी, वैशाख २२ गते । कैलालीमा उपचारको क्रममा थप चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा तीन जना कैलाली र एक जना कञ्चनपुरका रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुषको आज बिहान ८ बजे, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का ३४ वर्षीय पुरुषको बिहान ४ः२० बजेतिर मृत्यु भएको हो । यसैगरी, धनगढी उपमहानगरपालिका–८ का ५८ वर्षीय पुरुष गौरीगङ्गा नगरपालिका–१ का ३५ वर्षीय पुरुषको हिजो राति मृत्यु भएको थियो । यो संगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १३८ पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?