logo
२०८० चैत्र १५ बिहीवार



बझाङमा असिनाले गहुँबाली नष्ट

प्रदेश |


बझाङमा असिनाले गहुँबाली नष्ट
सांकेतिक तस्बिर


शैलेन्द्र रोकाया
बझाङ, वैशाख ९ गते । बझाङमा बुधबार साँझ पानीसँगै परेको अनिसाले पाक्नै लागेको गहुँबालीमा क्षति पु-याएको छ । पानीसँगै परेको असिनाले जिल्लाको खप्तडछान्ना, सुर्मा, साइपाल, मष्टा, थलारा, केदारस्युँ, छविसपाथिभेरा, दुर्गाथली गाउँपालिका र जयपृथ्वी नगरपालिकामा पाकेर काट्ने तयारीमा रहेको गहुँबालीमा क्षति पु-याएको हो ।

लामो समयमासम्म पानी नपरेका कारण आकाशे पानीको भरमा सिंचाइ गर्नुपर्ने ठाउँमा गहुँबाली सुकेर नष्ट भई रहेका बेला सिंचाइ सुविधा भएका खेतहरुमा लगाएको गहुबाली असिनाले नष्ट गरिदिएपछि यस क्षेत्रमा भोकमरी हुने अबस्था सिर्जना भएको छ । करिब एक घण्टाजति परेको असिना–पानीले गहुँबालीका साथै तरकारी र फलफूलमा क्षति पु-याएको जयपृथ्वी नगरपालिका ३ का स्थानीय नरेन्द्र उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “गहुँबाली पाकेर काट्ने तयारीमा थियौ । एक्कासि असिना पानी पर्यो । गहुँबाली खेतमै चुटेर सखाप पारेको छ । दानाको त के कुरा गहुँको बोटको पनि नामोनिसान छैन । ” उहाँले अर्को वर्षका लागि बीउ समेत नहुने भएपछि चिन्तित भएको बताउनुभयो ।

असिना पानीले फलफुलका बोटबिरुवाहरु भाँच्नुका साथै तरकारी खेतीमा पनि क्षति पु-याएको छ । आलु, बन्दगोभी, काउली लगायत तरकारी असिना–पानीले नष्ट गरेपछि चिन्तित बनेको स्थानीय किसान रामप्रसाद जोशीले बताउनुभयो । उहाँले भन्नुभयो , असिनाले चुटेर रुखका पात समेत छैनन् । पातै झर्ने गरी असिना पर्यो गहुँबालीको त कुरै छैन । लामो समयको खडेरीले धानको बेर्ना राख्न नपाएका किसानलाई बालीको रोग र असिना पानीले झन् मर्कामा पारेको बताउनुभयो । अन्नबाली, तरकारी, फलफूलमा क्षति पुगेपछि बझाङबासीलाई झन् भोकमरी हुने र आयातित खाद्यान्नमा निर्भर हुनुपर्ने देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?