logo
२०७८ बैशाख ५ आईतवार



पत्रकार महासंघकाे निर्वाचन सम्पन्न मत गणना शुरू

प्रदेश |


पत्रकार महासंघकाे निर्वाचन सम्पन्न मत गणना शुरू


गोरखापत्र समाचारदाता
काठमाडौं, चैत २५ गते । नेपाल पत्रकार महासंघको इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अन्र्तगत तीनै तहको निर्वाचन सम्पन्नपछि मतगणना सुरु भएको छ । संघ, प्रदेश र शाखा गरी तीन तहमा १३ हजार १८० मतदाता रहेकामा ९२ प्रतिशत मत खसेको प्रारम्भीक अनुमान छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यका अनुसार, १० प्रदेश अन्र्तगत ७६ जिल्ला, ४२ प्रतिष्ठान र १२ एसोसियटमा एकैचरणमा बुधबार मतदान भएको थियो । यद्यपि, कोभिडका कारण विदेशमा रहेका महासंघका आठ वटा शाखामा निर्वाचन हुन सकेन ।
महासंघको इतिहासमा पहिलोपटक एकैपटक तीन तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । उहाँले बुधबारबाटै मतगणना सुरु भएको र डोल्पा, मुगु, मनाङ, धनकुटालगायत २२ भन्दा बढी जिल्ला तथा शाखाको नतिजा आइसकेको जानकारी दिनुहुँदै बिहीबारसम्ममा सबै नजिता प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।