logo
२०८१ बैशाख ८ शनिवार



हात्तीले आक्रमण गर्दा पाँच गैंडा गणक घाईते, हेलिकोप्टरबाट उद्धार

प्रदेश |


हात्तीले आक्रमण गर्दा पाँच गैंडा गणक घाईते, हेलिकोप्टरबाट उद्धार


ज्ञानु पंगेनी
कावासोती , चैत २० गते । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका २ गैंडाखालमा गैंडा गणनाको क्रममा हात्तीले आक्रमण गर्दा पाँच जना घाइते भएका छन् ।
गैंडा गणनामा खटिएका कर्मचारी र माउते गरि पाँच जना घाइते भएको गणनामा संलग्न हेमराज आचार्यले जानकारी दिनुभयो । गैंडा गणना गर्ने क्रममा जंगली हात्तीले गणनामा खटिएको हात्तीलाई घेरा हाल्दा गणनामा खटिएको हात्ती डराएर भाग्ने क्रममा  राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी , ३५ वर्षका विनोद श्रेष्ठ र दुई जना माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका ७ का ४२ वर्षका दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका ७ निवासी ५१ वर्षका देवलाल चौधरी घाईते भएको उहाँले बताउनुभयो ।
घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । घाइते मध्ये श्रेष्ठको अवस्था गम्भीर  छ । उहाँको जिल्ला अस्पताल मध्यबिन्दुमा सामान्य उपचारपछि हेलिकोप्टरमा उद्धार गरेर काठमाण्डौं लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?