logo
२०८१ बैशाख १३ बिहीवार



अल्लो प्रशोधनको कामले दियो स्थानीय महिलालाई रोजगारी

प्रदेश |


अल्लो प्रशोधनको कामले दियो स्थानीय महिलालाई रोजगारी


राजन रावत
सिमकोट फागुन २३ गते । वन जङ्गलमा त्यसै खेर गएको अल्लोको प्रशोधन हुन थालेपछि स्थानीय महिलाहरुले रोजगारी पाएका छन् । गाउँमा अल्लो प्रशोधन मेशिन स्थापना भएपछि कपडा बुन्न धाको आवश्यकता पर्दा महिलाले रोजगारी पाएका हुन् । 

अदानचुली गाउँपालिका वडा नम्बर ४ को लौठी गाउँकी जानपुरा जैसीले बनबाट अल्लो संकलन गर्ने र त्यसको धागो तयार गर्ने काम गर्न पाउदा महिलाहरुले रोजगारी पाएको सुनाउनुभयो । उहाँले यस वर्ष ७४ दिन उक्त कार्यमा रोजगारी पाउनु भएको थियो । सिजनल रुपमा अल्लो संकलन र त्यसको प्रशोधन गरेर धागो तयारी गर्ने काममा महिला मात्र संलग्न हुँदै आएको कारण महिलाले रोजगारी पाउन सहज भएको हो ।

यसअघि उद्योग स्थापना नहुँदा महिलाहरु गोरु चराउन र घाँस दाउरा संकलन गर्नमै दिन बित्ने गर्थे । मण्डाल्नी अल्लो प्रशोधन उद्योगका संञ्चालन सुझाव ढकालका अनुसार उद्योगमा सात जना महिला कामदार नियमित पारिश्रमिक पाउने गरेर रोजगारीमा हुनुहुन्छ । वनबाट अल्लो संकलन गर्ने, त्यसलाई कच्चा पदार्थ तयार गर्ने र धागो बनाउन ७७ जना महिलाले काम गर्ने गरेका छन् । यसमा सबै जना महिला मात्र रोजगारीमा रहेको उहाँले बताउनुभयो । उद्योगले हालसम्म ३६ क्विन्टल धागो उत्पादन गरेर एक हजार त्रिपन्न मिटर कपडा तयार पारेर काठमाडौं पठाएर बिक्री गरेको छ । केही मात्रामा भने हुम्लामा पनि तयार भएका सामाग्रीहरुले बिक्री हुने गरेका छन् । त्यसै जंगलमा खेर गएको अल्लोको कच्चा पदार्थलाई उद्योग स्थापनाले सदुपयोग हुँदै आएको छ भने स्थानीय महिलाहरुकाे रोजगारी सृजना भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?