logo
२०८१ बैशाख १३ बिहीवार



अपाङ्गता भएका २३ जनाले पाए ह्विलचेयर

प्रदेश |
समाज |


अपाङ्गता भएका २३ जनाले पाए ह्विलचेयर


जानु पाण्डे
कपिलवस्तु, फागुन २२ गते । कपिलवस्तुका २३ जना अपाङ्ता भएकाले ह्विलचेयर पाएका छन् । जिल्ला भरीका ह्विल चेयर नभएका र बिग्रिएकालाई बाल अपाङ्ग टेवा संस्थाले ह्वील चेयर वितरण गरेको छ । बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा आयोजित एक कार्यक्रमकाबीच बुद्धभुमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले वितरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले अपाङ्ता भएका नागरीकको जिवनस्तर उकास्न स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो । बुद्धभूमि नगरपालिकाले समेत ह्वील चेयर नपाएकालाई चैत्रको पहिलो साता भित्र वितरण गर्ने तयारी समेत भएको श्रेष्ठले बताउनुभयो । सगरमाथा आरोहण गर्ने पहिलो दलित महिला ज्ञानमाला रन्पालको पहलमा स्थानीय स्तरमा तथ्याङ्क संकलन गरी संस्थामार्फत् पहल गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?