logo
२०८० चैत्र १५ बिहीवार



जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान

अन्तर्राष्ट्रिय |


जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान
तस्विर –द् इन्डियन एक्सप्रेस


नयाँदिल्ली, फागुन २२ गते।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न सवैलाई आह्वान गर्नुभएको छ ।त्यसका लागि दुई ओटा उपाय भएको उहाँको भनाई छ । प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न नीतिगत व्यवस्था गरेर र मानवीय व्यवहार परिवर्तन गरेर लड्न सकिने बताउनुभयो ।
‘सेरा सप्ताह २०२१’ लाई प्रमुख वक्ताको रुपमा भिडियोमार्फत् सम्वोधन गर्दै उहाँले जलवायु परिवर्तनका विरुद्धमा लड्नु सवैको साझा दायित्व भएकोमा पनि जोड दिनुभयो ।

“भारतले प्रकृतिक वायुको उत्पादन बढाउने र हानिकारक वायुको मात्रा घटाउने कार्य गरिरहेको छ,” प्रधानमन्त्री मोदीले भन्नुभयो । अहिले ६ प्रतिशत रहेकोमा आगामी सन् २०३० सम्ममा १५ प्रतिशत पु¥याउने लक्ष्य लिइएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले जलवायु परिवर्तनका विरुद्धमा लड्ने सवैभन्दा बलियो उपाय भनेकै व्यवहार परिवर्तन भएको बताउनुभयो ।
“कतिपय त्यस्ता व्यवहारले जलवायु परिवर्तनलाई सहयोग गरेका छन्, हाम्रा कतिपय त्यस्ता परम्परागत वा अहिले गरिरहेका व्यवहारमा परिवर्तन आवश्यक छ,” उहाँले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?