logo
२०८० चैत्र १५ बिहीवार



काेराेना भाइरसका ७८ जना नयाँ संक्रमित थपिए, ७२ जना निको

स्वास्थ्य |


काेराेना भाइरसका ७८ जना नयाँ संक्रमित थपिए,  ७२ जना निको


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १८ गते । विगत २४ घण्टामा नेपालमा कोराेना भाइरसका ७८ जना नयाँ संक्रमित थपिएका छन् भने ७२ जना निको भएका छन् । सो अवधिमा काेही पनि संक्रमितकाे मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे गरेकाे अद्यावधिकमा नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार २९४ पुगेको जनाएको छ । हालसम्म दुई लाख ७० हजार ५४३ जना निकाे भएका छन् । नेपालमा अहिलेसम्ममा ९८ दशमलव ६ प्रतिशत निको भएका छन् । हाल ९७४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

हाल ९७४ जना आइसोलेशनमा र ५८ जना क्वारेन्टिनमा छन् । हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७७ पुगेको मन्त्रालयले उल्लेख गरेको छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?