logo
२०७८ बैशाख ६ सोमवार



चालीस कटेपछि कक्षा ८ भर्ना भएँ–करिश्मा

कला |


चालीस कटेपछि कक्षा ८ भर्ना भएँ–करिश्मा


बिन्दु अधिकारी ढकाल

खाने मुखलाई जुँगाले छेक्दैन भन्ने नेपाली उखान चरितार्थ गर्नभएको छ नेपाली सिने जगत्की चर्चित नायिका करिश्मा मानन्धरले । चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समय काम गरिसक्नु भएकी उहाँ यतिबेला पुनः विद्यार्थी जीवनमा हुनुहुन्छ । छोरीभन्दा पनि कम उमेरका विद्यार्थीसँग एकै छानामुनि बसेर पढ्दा उहाँलाई असाध्यै रमाइलो हुन्छ । उहाँ यतिबेला ‘किटिनी‘ सामुदायिक कलेज गोदावरीमा कक्षा १२ पढ्दै हुनुहुन्छ । सुनौँ, बाल्यकालीन कुरा स्वयंकै शब्द लयमाः वि.स.ं २०२८ मा ललितपुरको झरुवाराशीमा बुवा स्व चित्रबहादुर केसी तथा आमा कोमलको गर्भबाट मेरो जन्म भएको हो । मेरो बुबा पेसाले आर्मी हुनुहुन्थ्यो अरे । ममी चाहिँ गृहिणी । म पुगनपुग अढाइ वर्षकी हुँदा बुवा बित्नु भा‘ रहेछ । त्यसबेला बहिनी जम्मा २१ दिनकी थिइन् रे ।
मेरो हजुरबा पनि आर्मीमा कर्णेल हुनुहुन्थ्यो । तर जब बुवाको चाँडै मृत्यु भयो । त्यसपछिका दिन हाम्रा लागि त्यति सहज रहेन । संयुक्त परिवारको घरबाट ममीले मलाई सिन्धुपाल्चोक मामाघर पु¥याउनुभयो । मैले प्रारम्भिक अध्ययन त्यहीँ गरेँ । घरबाट चार÷पाँच मिनेटको बाटोमा स्कुल थियो । कक्षा ३ सम्म त्यहीँ पढेँ ।
सात वर्षकी थिएँ । मामाघरको हजुरबुवा हजुरमुमासहित परिवारै सिन्धुपाल्चोकबाट बसाइँ सरेर काठमाडौँ आएर गौशालामा बस्थ्यौँ । अभिभावकको आर्थिक पक्ष बलियो नहुँदाको स्थिति ‘रत्नराज्य स्कुल‘मा ४ कक्षामा भर्ना भएँ । सो स्कुल सरकारी भए पनि त्यसबेला राम्रो पढाइ हुने त्यहाँको शैक्षिक गुणस्तर अहिलेसम्म पनि कायमै छ । म पढाइमा राम्रो विद्यार्थी थिएँ तर त्यसताका मैले काम पनि गर्नुपथ्र्यो । विशेष गरेर ममी एकल महिला भएको कारण उहाँलाई सहयोग गर्नु आम स्कुले बालबालिकाको भन्दा फरक दैनिकी मेरो थियो । मिनपचास छुट्टीमा गार्मेन्टमा काम गर्थें ।
हुन त लामो बिदाबाहेक अरू समय टोपीहरू बुन्थेँ । चकलेट बनाउथेँ । त्यस्तै टल्किने सितारा किनेर घर ल्याइवरी दुलहीको घुम्टोसमेत बनाउन सक्थेँ । यी काम कतै सिकेर हैन । कसैले सिकाएर नै हो तर परिस्थितिले गर्दा खट्न जो मन लाग्थ्यो । स्वस्फूर्त जाँगरले तयार पारेका ती सामग्रीहरू पसलमा लगेर ‘यी मेरा सामानहरू किनिदिनोस् न, म आफैँले बनाएकी हुँ‘ भनेर अनुरोध गर्थें ।
कोही चिनेजानेकालाई भेट्दा पनिनिःसङ्कोच आफ्नो कुरा भन्थेँ । माथि भनेझैँ त्यसबखत मेरो बाध्यता ममीलाई सघाउनकेही न केही गर्नुपर्छ भन्ने हुटहुटी थियो ।
मनभित्रैबाट त्यो साहस अठोट बनेर आउथ्यो ।
७ कक्षामा पढ्दै थिएँ । कुन शब्दले बयान गरौँ ? जिन्दगीमा यौटा मोड यस्तो आयो । न हलमा गएर कहिल्यै कुनै सिनेमा हेरेको थिएँ । सुटिङ भन्ने शब्द पनि त्यति राम्ररी था’ थिएन तर
त्यसबेलाको त्यो अवसर चलचित्र खेल्न थाल्दा मात्रै, १४ वर्ष पुग्दै थिएँ । आफ्नो पढाइलाई अगाडि बढाउन विभिन्न काम गर्दै पढ्दै गरेकी ठिटीलाई नजिकबाट चिन्ने दिदी अञ्जली श्रेष्ठ र फिल्म निर्देशक प्रकाश अधिकारीकै देन हो सिने क्षेत्रमा मेरो प्रवेश । ‘सन्तान‘ सिनेमाबाट रङ्गीन पर्दामा उदाउने सुनौलो मौका प्राप्त भयो । काममा व्यस्त भएकाले स्कुल छाड्नु प¥यो । हुन त त्यस बेला मेरो आवश्यकता काम नै ठूलो थियो । यद्यपि एक विद्यार्थीको नाताले सोच्दा एकदमै सही निर्णय गरिन भन्ने भाव अमिट छापझैँ भइरह्योे ।
फेरि सुटिङको काम बिहान १० बजेदेखि साँझ ५ बजेको अफिसजस्तो सहज वातावरण नहुनाले आउटडोर कुन समयमा कहाँ पुगिन्थ्यो ।
कति बेला सकिन्थ्यो । केही था’ हुन्थेन तर एकदिन पनि पढाइ छुट्दा गिल्टी महसुस हुने बानी परेकी मलाई सिनेमामा व्यस्त रहँदा सधैँ पढाइ छुट्दा कस्तो भयो होला? सम्झेरै दिक्दारी लाग्छ । अर्को कुरा, म कलाकार भएर जुन काम गर्थें । त्यो समय झन्डैझन्डै नम्बर वानको पोजिसनमा पुगेर आनन्दको अनुभूति चरमबिन्दु नै भेटेँझैं समय पनि थियो तर जहिल्यै सपनामा स्कुल डे«स लगाएर हिँडेको, बेन्चमा बसेर परीक्षा लेख्न लागेको देखिरहन्थेँ । जिन्दगीका उतारचढावमा उमेरको हिसाब चालीस वसन्त पार गरिसकेपछि फेरि पनि अब म स्कुल जान्छु होला र ? स्वयंसँग प्रश्न गरिसकेपछि तर मैले यौटा आँट गरेँ ।
हाँस्ने, खेल्ने, नाच्ने प्रकृतिको मानिस सामाजिक सेवाको भावनाले राजनीतिमा पनि लागिसकेपछि त झन् शिक्षाको महìव– ज्ञान आर्जन गर्नलाई उमेरले कसरी छेक्छ भन्ने भएरै ‘त्रिवेणी पब्लिक‘स्कुल मैतीदेवीमा ७ कक्षामा भर्ना भएँ । कक्षा ८ को जिल्लास्तरीय परीक्षा ग्यालेक्सीबाट दिएँ । र, विजय मेमोरियलबाट एसईई । म नियमित विद्यार्थी हौँला भनेर प्रायः शिक्षकहरूले पत्याउनु भा’ थेन । हुन त म स्वयंकै लागि पनि सो कार्य सहज थिएन । दैनिक कक्षाकोठाको बेन्चमा बसिरहनुपथ्र्यो । स्कुल ओहोरदोहोर गोदावरी घरबाट मैतीदेवी एक डेढ घण्टा बाटो साँझ घर फिर्दाको ट्राफिक जाम । दिउँसो लन्च खान भ्याउँदैनथेँ । राति खाना खाएर सुतेपछि नियमित शारीरिक व्यायाम गर्ने बानी पनि हट्यो । त्यसबेला कतिपय भन्थे ‘मर्ने बेलामा हरियो काँक्रो’ तर मैले सही गरेकी छु भने जसले जे भने पनि किन खुट्टा कमाउने ? मेरो जीवनमा खास प्रभाव पार्ने व्यक्ति मेरो ममी । जसले यस धर्तीमा जन्माएर ममताले हुर्काउनु भयो । त्यसपछि मावली हजुरआमा जसले मलाई संस्कार सिकाउनु भयो । प्रकृतिले भरिपूर्ण वातावरणमा जुन बालापन बिताएँ मामाघरमा रहँदा सबैले कति माया गर्नुहुन्थ्यो ।
त्यसबेलाका स्कुले साथीहरू । फिल्म सुटिङकै क्रम पनि त हिमाल पुगिन् कि, तराई झरिन् ।
ज्ञानको माध्यम चाहे सरकारी होस् अथवा प्राइभेट । जीवनमा शिक्षा नै यस्तो ज्योति हो, यसलाई कलाकारको विज्ञापन नठानौँ । त्यसमा पनि महिलाहरू शिक्षामा अगाडि हुनुपर्छ । पहिला समाजमा राजनीति नहुनाले धर्मकै आड हरेक
कुरालाई नियमबद्ध गरेको थियो तर अहिले धर्मका नाउँमा मानिसले चलाएका परम्परा छाउपडी, देउकी, छुवाछूत, बालविवाह कति छन् कुप्रथा ? संस्कृत त जहिल्यै सुसंस्कृत नै हुन्छ तर आधुनिकता हुने बहाना आफ्नो संस्कार र संस्कृतिलाई लत्याउनु माटो सुहाउँदो भएन भने जीवन अनर्थ पनि हुनसक्छ । अतः अभिभावकको परिस्थितिलाई ख्याल गर्दै गर्व गर्न लायक कर्ममा सधँै तत्पर बनौँ । 

माघ मुना २०७७