logo
२०८० चैत्र १५ बिहीवार



थिएरी हेनरीले राजिनामा गरे

खेलकुद |


थिएरी हेनरीले राजिनामा गरे
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १४ गते । आर्सनल, बार्सिलोना र फ्रान्सका पूर्व स्ट्राइकर थिएरी हेनरीले सीएफ मोन्ट्रेलको प्रशिक्षक पदबाट राजिनामा गर्नुभएको हो । सन् २०१९ को नोभेम्बरमा प्रशिक्षक पदमा दुई वर्षका लागि उहाँ सीएफ मोन्ट्रेलमा आबद्ध हुनुभएको थियो ।
४३ वर्षीय हेनरी पछिल्लो पटक बर्नमाउथको प्रशिक्षकका लागि छोटो सूचीमा पर्नुभएको थियो । हेनरीले सीएफ मोन्ट्रेलको प्रशिक्षक पदमा बस्ने अवसर पाएकोमा क्लबप्रति आभार ब्यक्त गर्नुभएको छ । परिवारबाट लामो समयसम्म छुट्टिएर बस्नुपर्दा आफू समस्यामा परेको भन्दै राजिनामा गरेको हेनरीले बताउनुभएको हो ।
मोन्ट्रेलका निर्देशक ओलिभर रेनार्डले भन्नुभयो, “थिएरी हेनरी मोन्ट्रेलबाट अलग्गिने असामयिक निर्णयबाट दुःखी भएका छौं, गतवर्ष परिवारबाट छुट्टिएर लामो समयसम्म बसेर उहाँले उदाहरण प्रस्तुत गर्नुभयो, अन्त्यमा उहाँले परिवारसँग बस्ने इच्छा ब्यक्त गर्नुभएको थियो ।” रेनार्डले टोली एकताबद्ध भएको श्रेय हेनरीलाई दिँदै धन्यवाद दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?