logo
२०८० चैत्र १६ शुक्रवार



भारत १४५ रनमा समेटियो

खेलकुद |


भारत १४५ रनमा समेटियो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १३ गते । भारतले इंग्ल्याण्ड विरुद्धको तेस्रो टेष्ट खेलको पहिलो पारीमा १४५ रनमा समेटिएको छ । पहिलो पारीमा घरेलु टोलिले ३३ रनको अग्रता लिएको छ ।
तीन विकेटको क्षतिमा ९९ रनबाट दोस्रो दिनको खेल अगाडि बढाएको भारतले थप ४६ रन जोडन सात विकेट गुमाउन पुग्यो । रोहित शर्माले सर्वाधिक ६६ रनको योगदान दिनुभयो । कप्तान विराट कोहलीले २७ तथा रबिचन्द्रन आश्विनले १७ एवम् इशान्त शर्माले १० रन बनाउनुभयो । भारतीय पारीका तीन जना ब्याट्सम्यान डक आउट हुँदा अर्का तीन जना ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेनन ।
इंग्ल्याण्डका कप्तान जोइ रुटले सर्वाधिक पाँच विकेट लिनुभयो । अर्का स्पिनर ज्याक लिचले चार तथा जोफ्रा आर्चरले एक विकेट लिनुभयो । रुटले मात्र छ ओभर बलिङ्ग गर्दा आठ रन खर्चेर महत्वपूर्ण पाँच विकेट लिनुभयो ।
बिहीबार नै आफ्नो दोस्रो पारीको सुरुवात गरेको इंग्ल्याण्डले कमजोर प्रदर्शन गरेको छ । उसले १७ रन जोड्दा दुई विकेट गुमाइसकेको छ । पहिलो पारीमा अद्र्धशतक लगाउनुभएका ज्याक क्रोली र जोनी बैरिष्टो अक्षर पटेलको पहिलो ओभरमै बोल्ड हुन पुग्नुभयो । डाम सिब्ली र जोइ रुट ब्याटिङ्ग गर्नुभएको छ ।
त्यसअघि, अहमदाबादमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको इंग्ल्याण्डले तेस्रो टेष्ट खेलको पहिलो पारीमा ११२ रनको सामान्य योगफलमा समेटिएको थियो । पाहुना टोली इंग्ल्याण्डले कमजोर सुरुवात गर्दै २७ रनमै दुई विकेट गुमाउन पुग्यो । ओपनर ज्याक क्रोलीले जोइ रुटसँग तेस्रो विकेटका लागि ४८ रनको साझेदारी गर्नुभयो । ७४ रनमा जोइ रुटको रुपमा तेस्रो विकेट गुमाएको इंग्ल्याण्डले थप ३८ रन जोड्न सात विकेट गुमाउन पुग्दा मात्र ४८ ओभर चार बलमा ११२ रनमा समेटिन पुग्यो । क्रोलीले सर्वाधिक ५३ रनको योगदान दिनुभयो । जोइ रुटले १७, बेन्न फोक्सले १२ र जोफ्रा आर्चरले ११ रन बनाउनु अतिरिक्त उसको पारीका छ जना ब्याट्सम्यानले दोहोरो योगफल छुन सकेनन् ।
भारतका लागि स्पिनर अक्षर पटेलले सर्वाधिक छ विकेट लिनुभयो । अर्का स्पिनर रबिचन्द्रन आश्विनले तीन र इशान्त शर्माले एक विकेट लिनुभयो । इशान्त शर्माले आफ्नो टेष्ट क्रिकेट जिवनको १०० औं टेष्टको पहिलो पारीमा मात्र एक विकेट लिएर चित्त बुझाउनुपर्यो ।
चार म्याचको टेष्ट श्रृखंला १–१ को बराबरीमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?