logo
२०८१ बैशाख ८ शनिवार



कोभिडका ८३ जना मृतक फेरि थपिए

स्वास्थ्य |


कोभिडका ८३ जना मृतक फेरि थपिए
तस्विर–फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बाट भएका मृतकको संख्या बिहीबार समेत संशोधन गरेको छ । यसअघि बुधबार मात्रै मन्त्रालयले ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’को अध्ययनपछिको सिफारिश बमोजिम ६१८ जना मृतक थपिएको जनाएको थियो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रको सिफारिशमा बिहीबार समेत मृतकको संख्या संशोधन गरी ८३ जना थपिएको प्रष्ट्याउनुभयो । थपिएका मृतकसँगै नेपालमा कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ७६७ पुगेको छ । पछिल्लो दुई दिनमा मन्त्रालयको नियमित तथ्याङ्कभन्दा ७०१ जना मृतक थपिएका छन् ।
यसअघि गत् भदौ महिनामा कोभिड १९ बाट मृतकको तथ्याङ्कमा नेपाली सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको तथ्याङ्क फरक आएपछि मन्त्रालयले अध्ययन गर्न समिति गठन गरेको थियो । उक्त समितिको अध्ययन र सिफारिशको आधारमा मृतकको संख्या थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?