logo
२०८० चैत्र १६ शुक्रवार

  दृश्य समाचार  



कोरोना खोप लगाएका भन्छन्, हामी भाग्यमानी नेपाली

स्वास्थ्य |
पढ्नै पर्ने |


कोरोना खोप लगाएका भन्छन्, हामी भाग्यमानी नेपाली


मुकुन्द गैरे/ दृश्यमा मनोजरत्न शाही
काठमाडौं, फागुन १२ गते । कोरोना विरुद्वको खोप नेपाल आए सँगै खोप लगाउने सर्वसाधारणदेखि फ्रन्टलाइनमा बसेर काम गर्ने सबैको आकर्षण बढेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाको खोप लगाउने मानिसहरु दैनिक रुपमा बढ्दै गएका छन् । सुरुको समयमा खोप लगाउन आउनेको संख्या कम भए पनि अहिले मानिसहरुको संख्या बढिरहेको अस्पतालको भनाई छ ।

खोप लगाउँदा सामान्य दुखाई मात्र हुने र अन्य खोप लगाउदा जस्तै अनुभव भएको खोप लगाएकाहरुको अनुभव छ । नेपाल सरकारले छोटो समयमै कोरोना विरुद्वको खोप उपलव्ध गराएकोमा आफूहरु भाग्यमानी भएकाे उहाँहरुको भनाई छ । खोप लगाउदा कुनै शंका र हल्लाको पछि नलागी खोप लगाउन सर्वसाधारणलाई टेकुमा खोप लगाएकाहरुको सुझाव छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. शेरबहादुर पुन कोरोना खोप लगाउँदा कुनै शंका गर्न आवश्यक नभएको बताउनुहुन्छ ।नेपालमा लगाउन सुरु भएको खोप भारतमा पनि लगाइएको र उक्त खोपले सामान्य बाहेक अरु कुनै असर नगरेको र मृत्यु पनि नदेखिएकोले ठुक्क भएर खोप लगाउन उहाँको सुझाव छ ।

नयाँ आएको खोप शंका आशंका गर्नु अरुले लगाए पनि हेरेर मात्र लगाउँछु भन्ने आम मानिसको धारणा भए पनि स्वाभाविक भए तापनि डराउनु पर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।नेपालमा कोरोनाको खोपको सकारात्मक भन्दा नकारात्मक प्रसार भएकोले पनि भ्रम सिर्जना भएको डा.पुन बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप