logo
२०८१ बैशाख ७ शुक्रवार



होम आइसोलेसनमा रहेका बाँकेका दुई संक्रमित पुरुषको मृत्यु

प्रदेश |


होम आइसोलेसनमा रहेका बाँकेका दुई संक्रमित पुरुषको मृत्यु


सिराज खान
नेपालगञ्ज, माघ ६ गते । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका नेपालगञ्ज उपमहानगरका दुई जना पुरुषको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार होम आइसोलेसनमा रहेका एकजना पुरुषको होम गएराती र अर्का पुरुषको मंगलवार बिहान मृत्यु भएको हो ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले नेपालगञ्ज १०, भृकुटीनगर निवासी ७० वर्षीय संक्रमित पुरुषको गएराती साढे ९ बजे र होम आइसोलेसनमै रहेका नेपालगञ्ज १ धम्बोजीका ४९ वर्षीय अर्का पुरूषको मंगलवार बिहान ६ः१० बजे मृत्यु भएको बताउनुभयो ।
७० वर्षीय पुरुषको आफ्नो निवासमै मृत्यु भएको र ४९ वर्षीय पुरुष घरमै रहेको अवस्थामा मंगलबार बिहान एक्कासी बेहोस भएपछि उनलाई भेरी अस्पताल लगिएकोमा अस्पताल पुर्याइएको १० मिनेटमै मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो ।
ओलीका अनुसार कोरोना आशंकामा गरिएको पिसिआर परिक्षणमा ७० वर्षीय पुरुषलाई पुस २६ गते कोरोना पुष्टि भएकोमा होम आइसोलेसनमा रहेकै बेला स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।
भेरी अस्पताल कोभिड वार्डमा भर्ना गरी स्वास्थ्यमा सुधार भ पछि उनलाई पुनः होम आइसोलेसनमा बस्ने गरी पुस २९ गते कोभिड वार्डबाट डिस्चार्ज गरिएको थियो ।
मधुमेह, थाइराइड, प्रेसर र मानसिक रोगको औषधि सेवन गरिरहेका ती पुरुषको गएराती साढे ९ बजे आफ्नै निवासमा मृत्यु भएको हो ।
सोही प्रकारले होम आइसोलेसनमा रहेका नेपालगञ्ज १ धम्बोजी निवासी ४९ वर्षीय संक्रमित पुरुषलाई भेरी अस्पताल पुर्याइएको १० मिनेटभित्रै मृत्यु भएको थियो ।
पुस २८ गते संक्रमण पुष्टि भएपछि घरमै रहेका ती पुरुषको स्वास्थ्य अवस्था सामान्य रहे पनि मंगलवार बिहान ६ बजे एक्कासी बेहोस भएपछि उनलाई भेरी अस्पताल पुर्याएको १० मिनेटभित्रै मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?