logo
२०८१ बैशाख १३ बिहीवार



वसन्तपुरमा शुक्रबार आगलागी हुँदा डेढ करोडभन्दा बढी क्षति

प्रदेश |


वसन्तपुरमा शुक्रबार आगलागी हुँदा डेढ करोडभन्दा बढी क्षति



जयकृष्ण यादव
इनरुवा, माघ ३ गते । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका वडा नम्बर–५ वसन्तपुरको बंगाली टोलमा शुक्रवार राति भएको आगलागीबाट नौ परिवारको १२ वटा घर जलेर नष्ट भएको छ । आगलागीबाट डेढ करोडभन्दा बढीको क्षति भएको छ ।
आगलागी पछि शनिबार बिहान अग्निपीडित परिवारलाई हरिनगर गाउँपालिकाको अध्यक्ष गफार अन्सारी मियाँको नेतृत्व टोलीले राहत उपलब्ध गराएको छ । बसन्तपुरमा आगलागी भएको खबरपछि पालिका अध्यक्ष अन्सारी राति नै सो स्थानमा पुगेर आगो नियन्त्रण गर्न पुग्नुभएको थियो ।
अग्निपीडितहरुलाई हरिनगर गाउँपालिकाले जनही पाँच हजार रुपियाँको दरले उपलब्ध गराएको छ । उनीहरुलाई जनही चामल २५ केजी, च्युरा पाँच केजी, खाने तेल, नुन एक केजी, भाडावर्तन १५ थान, कम्बल दुई थान, झुल एक थान, मेट दुई थान र भुजा एक पाकेट लागयतको सामाग्री उपलब्ध गराएको छ । यसैगरी सोही ठाउँमा नेपाल रेडक्रस सोसाइटी हरिनग्र उपशाखाले पनि अग्निपीडितहरुलाई राहत उपलब्ध गराएको छ ।
उनीहरुलाई जनही भाँडावर्तन, त्रिपाल एक थान, कम्वल दुई थान, पुरुष, महिला र बच्चालाई कपडा सेट, भुजा एक पाकेट उपलब्ध गराएको रेडक्रस हरिनगर उपशाखाका सभापति कृष्णप्रसाद देवले जानकारी दिनुभयो ।
इनरुवा नगरपालिका र कोशी गाउँपालिकाबाट आएको बारुण यन्त्र र जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?