logo
२०८१ बैशाख १२ बुधवार



चारसय ८० मेगावाट क्षमताकाे फुकोट जलविद्युतकाे सुरुङ निर्माण शुरु

प्रदेश |


चारसय ८० मेगावाट क्षमताकाे फुकोट जलविद्युतकाे सुरुङ निर्माण शुरु


प्रेमराज सिम्खडा
कालीकोट पुस १० गते । कर्णालीकै गौरवको आयोजनाका रुपमा मानिएको फुकोट कर्णाली हाइड्रोको सुरुङ खन्न सुरु गरिएको छ । हाइड्रोको सुरुङ खन्न सुरु गरिएपछि कर्णालीबासीमा विकासको आशा पलाएको छ ।
तीन वर्ष अगाडि हाईडे कम्पनी र नेपाल सरकारबीच निर्माण सम्झौता भएको आयोजनाले डिपिआर सम्पन्न गरी ५५ मिटर सुरुङ खनी सकेको आयोजना प्रमुख हीरामान वाइबाले बताउनुभयो । प्रमुख वाइबाले दुबै तर्फबाट सुरुङ खन्ने काम जारी रहेको बताउनुभयो । एकातर्फबाट ५५ मिटर खनिसकेको र बाँध हालेर बनाइने जलाशयको तर्फबाट ११ मिटर सुरुङ खनिरहेको प्रमुख वाइबाले बताउनुभयो ।
प्रमुख वाइबाले कोरोना भाइरसका साथै अन्य केही चुनौती नआइदिएको भए यतिवेलासम्म सुरुङ खन्ने काम अन्तिम अवस्थामा पुग्थ्यो । जग्गाको मुआव्जाको काम पनि यसकै कारणले रोकिएको छ । डिपिअार तयार भइसकेको छ, आयोजनाले क्षति हुने क्षेत्र निर्धारण गरी मुआव्जाको रकम पास गरिसकेको छ । अव जिल्लाले जग्गाको विषयमा मूल्य निर्धारण गरेपछि मुआव्जाको काम पनी सकिने प्रमुख वाइबाले बताउनुभयो ।
शान्नि त्रिवेणी गाउँपालिकाको सिस्नेगडामा एक सय ६० मिटर अग्लो बाँध भएको जलाशयबाट १३ दशमलप ५ किलोमिटर सुरुङ मार्फत भाँैतेगडामा पानी खसाएर विद्युत् उत्पादन गरिने आयोजनाको काम अघि बढाइएको छ । सिस्नेगडाबाट ११ किलोमिटर उत्तर–पश्चिममा रहेको भौँतेगडामा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट चट्टान फोडेर सुरुङमार्फत भाँैतेगडामा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधि प्रयोग गरीएको छ ।
नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत आयोजना नामक कम्पनीले २०७४ फागुनदेखि डिपिआर अन्तर्गत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय र सम्भाव्यता अध्ययनको काम गरिरहेको थियो । विकासमा पछाडि परेको कर्णालीमा गौरवका आयोजनाहरुले निर्माण कार्य थालनी गर्दा कालीकोटका नागरिकमा उत्साह छाएको छ ।
कर्णालीमा जुनसुकै सरकार आएपनी सानातिना योजना फालेर आँखामा छारो हालेझै गरिन्थ्यो, अहिले कर्णाली करिडोर निर्माण कार्यदेखि गौरवको आयोजना फुकोट कर्णाली हाइड्रा निमार्णले कर्णाली वासिमा विकासको अनुभूति दिएको छ । चार सय ८० मेगावाट विद्युत उत्पादन हुने आयोजनाले वरिपरिको एक हजार हेक्टर रोपनी प्रभावित क्षेत्र मानिएको छ । आयोजनाले जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरनाको केही क्षेत्र प्रभावित डुवानमा रहनेछ । सवैभन्दा बढी रास्कोट र शान्नि त्रिवेणी गाउँपालिका प्रभावित क्षेत्र हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?