logo
२०८० चैत्र १६ शुक्रवार

  दृश्य समाचार  



धुलाम्मे सडक कालोपत्रे हुनथाल्यो, स्थानीय खुसी

प्रदेश |


धुलाम्मे सडक कालोपत्रे हुनथाल्यो, स्थानीय खुसी


ठाकुरप्रसाद आचार्य
म्याग्दी मङ्सिर २१ गते । पानी पर्द हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले वर्षौदेखि आजित भएका बेनी नगरपालिका १ रत्नेचौरवासीले भने अव घरकै अगाडि चिल्लो सडक देख्न पाउने भएका छन् ।
सघीय सरकारले सडक स्तराेन्नतिसहित कालोपत्रेका लागि बजेट विनियोजनसँगै घर अगाडिको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीवासी उत्साहित भएका हुन् ।


सडकको ट्रयाक खुलेको दुई दशकपछि रेत्नेचौर–अर्जम –भकुण्डे हुँदै भकिम्ली जोड्ने सडक स्तराेन्नतिसहित कालोपत्रे गर्न थालिएको हो । सडक स्तराेन्नतिसहित कालोपत्रे गर्न संघीय सरकारले चालु आर्थिक वर्षमा दुई करोड ४९ लाख ७६ हजार चार सय २३ रुपियाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेटलाई दुई प्याकेजमा विभाजन गरी योजना कार्यान्वयन थालिएको छ ।
सडक डिभिजन कार्यालय बागलुङले सर्वसिद्ध कन्ट्रक्सन सँग दुई प्याकेजमा ठेक्का सम्झौता गरी योजना कार्यान्वयन अगाडि बढाएको छ । योजनाको पहिलो प्याकेजमा रत्नेचौरदेखि एकहजार तीनसय मिटर सडक कालोपत्रे सुरु गरिएको छ । दोस्रो प्याकेजमा अर्जमसम्म सडक फरकिलो,ग्यावियन झाली,नाली र मेशनरीवाल लगायतका निर्माणका कामहरु हुने निर्माण कम्पनीका साईड इन्चार्ज बलराम केसीले जानकारी दिनुभयो ।
उहाँका यही मंसिर ३० गते भित्र निर्माण सम्पन्न गर्ने गरी गत जेठ २८ गते ठेक्का सम्झौता भएको थियो । कोरोना महामारीले निम्ताएको संकटले केही ढिला भए पनि तोकिएको समयसीमाभित्र कालोपत्रे गर्ने काम सम्पन्न गर्न मजदुर र उपकरणहरु परिचालन गरिएको उहाँले बताउनुभयो । दोस्रो प्याकेजको योजनामा पनि ७० प्रतिशत निर्माणको काम पूरा भएको उहाँले बताउनुभयो । वर्षादमा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण सास्ती भोगेका रत्नेचौरवासीहरु सडक कालोपत्रे हुनथालेपछि उत्साहित भएका छन् । घरकै अगाडी सडक कालोपत्रे हुनलाग्दा खुसी लागेको स्थानीयवासी अम्मरबहादुर बोगटीले बताउनुभयो ।
घरै अगाडि विकास हेर्न पाउँदा खुसीको सीमा छैन बोगटीले भन्नुभयो ‘यति चाँडै सडक कालोपत्रे हुन्छ भन्ने सोचेका पनि थिएनौं ।’ रत्नेचौर संघीय सांसद भुपेन्द्रबहादुर थापाको आफ्नै गाउँ हो । सांसद थापाको पहलमा सडक कालोपत्रे गर्ने योजना परेको बोगटीले सुनाउनुभयो । साघुरो सडकलाई नालीसहित आठ मिटर २० सेन्टिमिटर फराकिलो बनाइएको छ । गाउँको बीच भागबाट निर्माण गरिएको फराकिलो सडकले गाउँको सुन्दरता  थपेको छ ।
सडक फराकिलोसहित कालोपत्रे भएपछि कृषि उपजलाई बजारसम्म पु¥याउन र आवतजावतमा सहज हुने वडा सदस्य टेकबहादुर थापाले बताउनुभयो ।
दुईदशक अघि तत्कालीन जिल्ला विकास समितिले रिङरोडको अवधारणा अनुसार ग्रामीण कृषि सडक निर्माण सुरु गरेको थियो । रत्नेचौरदेखि बेनी नगरपालिकाको वडा नम्बर ३ भकिम्ली,मंगला गाउँपालिका ४ बरंजा र मालिकाको रुम हुँदै गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने गरी सडक निर्माण थालिएको थियो ।
रिङरोडको अवधारणा अनुसार तत्कालीन जिल्ला विकास समितिले २०५७ सालमा ग्रामीण कृषि सडक निर्माणको योजना अघि सारे पनि बजेट अभावका कारण सडक निर्माणले गति लिन सकेको थिएन । लोकतन्त्रको स्थापनापछि निर्वाचित जनप्रतिनिधिको पहलमा बजेट विनियोजन हुनथालेपछि योजनाले गति लिन थालेको बेनी नगरपालिका १ का वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । सडक निर्माणले पूर्णता पाएपछि ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुग्न्े अपेक्षा गरिएको वडा अध्यक्ष रावलले बताउनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?