logo
२०८१ बैशाख ७ शुक्रवार



पुल उद्घाटनको विषयलाई लिएर तनहुँमा तनाव, निषेधाज्ञा जारी

प्रदेश |


पुल उद्घाटनको विषयलाई लिएर तनहुँमा तनाव, निषेधाज्ञा जारी


अमरराज नहर्की
तनहुँ, मङ्सिर १७ गते । तनहुँमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसबीच पुल उद्घाटनको विषलाई लिएर विवाद भएपछि तनाव भएको छ ।
व्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर ११ जोड्ने बुल्दि खोलामाथि निर्मित पुलको बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार दिउँसो १ बजे उद्घाटन गर्ने भनिएको पुलको नेकपा समर्थित राष्ट्रिय युवा संघ नेपालले अवरोध गरेपछि तनाव भएको हो ।
युवा सङ्घले नाराबाजी गर्ने, जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको थियो र दमौलीमा मोटरसाईकल ¥याली गरेको थियो । यता नेपाली काँग्रेस निकट नेपाल तरुणदले पनि ठुलो सङ्ख्यामा युवा परिचालन गर्न लागेपछि झडप हुने स्थिति आएको थियो ।
स्थिती तनाव भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार दिउँसो निषेधाज्ञा जारी गरेको छ । जनाएको नगरीकन सम्भव नभएकोले दुइ पार्टीले सम्झाउँदा नमानेपछि झडप हुने अवस्था देखेर निषेध आज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो ।
स्थिति तनावपूर्ण भएपछि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । उक्त परिस्थितीलाई सामान्य बनाई शान्ति सुरक्षा कामय गर्ने स्थानीय प्रशसन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम बुधबार दिउसो १२ बजे देखि साँझ ६ बजेसम्म पुल वरवरको क्षेत्रमा निषेधाज्ञा गरिएको प्रशासनले जनाएको छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?